सांसद अमरेशकुमार सिंहद्वारा संसद् बैठकमा कपडा खोलेर विराेध

सांसद अमरेशकुमार सिंहद्वारा संसद् बैठकमा कपडा खोलेर विराेध

काठमाण्डाै – सांसद डा. अमरेशकुमार सिंहले प्रतिनिधि सभा बैठकमा आफ्नो कपडा खोलेर विराेध जनाउनुभएको छ ।

आजकाे प्रतिनिधि सभा बैठकको सुरुमै बोल्नका लागि हात उठाउनुभएका सांसद सिंहले बोल्न समय पाउनुभएको थिएन ।

सांसदहरु सिंह र प्रेम सुवालले आकस्मिक समयमा बोल्नुपर्ने माग गर्दै हात उठाएर उभिनुभएकाे थियो । तर सभामुखले बैठकमा आकस्मिक समय र विशेष समय नरहेको भन्दै बैठक नियमित कारबाहीमा जाने बताएसँगै सांसद सिंहले आफ्नो सर्ट र भित्री गन्जी खोलेर विराेध जनाउनुभएको हो ।

त्यससँगै संसदमा अन्य दलका सांसदहरुले समेत बोल्न पाउनुपर्ने माग गरेका थिए । तर सभामुख देवराज घिमिरेले सांसद सिंहलाई अशिष्ट, अश्लिल, अपमानजनक व्यवहार नगर्न अनुरोध गर्दै प्रतिनिधि सभा नियमावलीको नियम ३० अनुसार चल्न आग्रह गर्नुभयो । अनुशासित नभए सांसद सिंहमाथि अन्य कारबाही हुने चेतावनी पनि उहाँले दिनुभयो ।

यससँगै सभामुखले शून्य समयको कार्यक्रम प्रारम्भ गर्नुभयो । अहिले प्रतिनिधि सभा बैठक चलिरहेको छ ।

प्रकाशित मिति : सोमबार, बैशाख २५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij