कक्षा १२ को परीक्षा आजदेखि : ४ लाख ६७ हजार विद्यार्थी सहभागी हुँदै

कक्षा १२ को परीक्षा आजदेखि : ४ लाख ६७ हजार विद्यार्थी सहभागी हुँदै

काठमाण्डाै – कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ । बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले परीक्षाका लागि देशभर एक हजार चार सय ५७ परीक्षा केन्द्र निर्धारण गरिएको जानकारी दिनुभयो । साथै यस वर्ष ५६ हजारभन्दा धेरै विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुनेछन् । उनीहरूले जति विषयमा कम नम्बर आएको थियो त्यही विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनेछन् ।

सरकारले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्दै जति वटा विषयमा एनजी (नन ग्रेड) आएको छ, त्यो विषयमा मात्र परीक्षा दिनुपर्ने व्यवस्था गरेको छ । अर्थात् ती विद्यार्थीहरुले जति वटा विषयमा एनजी ल्याएका छन्, ती विषयमा मात्रै परीक्षा दिन पाउने भएका छन् ।

यो भन्दा अघि दुई वा दुई भन्दा कम विषयमा मात्र एनजी आउँदा ती विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा त्यसै वर्ष दिन पाउने र दुई भन्दा बढी विषयमा एनजी ल्याएको अवस्थामा अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यात्मक व्यवस्था थियो । यसो गर्दा गएको वर्ष भएको ग्रेड वृद्धि परीक्षामा विद्यार्थीको सहभागिता घटेर ड्रप आउट हुने सम्भावना भएपछि शिक्षा मन्त्रालयले निर्देशिका संशोधन गरेको थियो ।

दुई विषय भन्दा माथि विषयमा एनजी लाग्दा कक्षामा दोर्होयाएर पढ्न अथवा सबै विषयको परीक्षा दिन गाह्रो मानेर कतिपय विद्यार्थीले पढ्न छोड्ने भएकाले कक्षा १२ पछिको ड्रप आउट रोक्नका लागि यो निर्णय गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले बताउनुभएको छ । परीक्षा जेठ ५ गतेसम्म चल्नेछ ।

बोर्डका अध्यक्ष डा. शर्माका अनुसार परीक्षाका लागि सम्पूर्ण तयारी पूरा भएको छ । उहाँले शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न गर्न पनि सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ । परीक्षामा अमर्यादित क्रियाकलाप गरेमा विद्यार्थीको सबै परीक्षा रद्द गर्ने र एक वर्षसम्म कुनै पनि परीक्षा दिन नपाइने गरी कानुनी व्यवस्था गरेको बोर्डले जनाएको छ । सरकारले कक्षा १२ सम्मलाई माध्यमिक तह घोषणा गरेका कारण यो परीक्षा माध्यमिक तहको अन्तिम परीक्षाको रुपमा लिइएको छ ।

प्रकाशित मिति : मंगलबार, बैशाख २६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij