प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटर पुगे देउवा

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटर पुगे देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्।

 

आज बिहान बालुवाटार पुगेर देउवाले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेको भोलिपल्ट सभापति देउवाले प्रधानमन्त्रीलाई भेटेका हुन्। देउवा पत्नी आरजु राणासमेत नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि देउवा दबाबमा छन्।

प्रधानमन्त्री दाहाल र देउवाबीच भएको भेटवार्तामा के विषयमा छलफल भयो भन्ने खुलाइएको छैन। यद्यपि, पछिल्लो समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री प्रचण्डलाई देउवाले भेटेलगत्तै एमाले उपाध्यक्ष सुवास नेम्वाङ बालुवाटार पुगेका छन्।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै पैसा असुल्ने प्रकरणमा राजनीतिक शीर्ष नेताहरू जोडिन थालेपछि यो विषय थप पेचिलो बनेको छ। यो प्रकरणमा उच्चपदस्थहरु धमाधम पक्राउ पर्न थालेसँगै राजनीतिक नेतृत्व तह तरंगित भएको छ।

प्रकाशित मिति : बिहिबार, बैशाख २८ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij