JanataToday.com

Advertisment

SKIP THIS

सहिद दिवसमा देशभर बिदा छैन, प्रदेश ३ ले दियो बिदा

सहिद दिवसमा देशभर बिदा छैन, प्रदेश ३ ले दियो बिदा

काठमाडौ । सहिद दिवसमा यसपटक बिदा छैन । संघ सरकारले सहिद दिवसको बिदा कटौती गरेको छ । सहिद दिवसमा बिदा नदिएको भन्दै सामाजिक सञ्जालमा सरकारको आलोचना भइरहेको छ ।

अरु पर्वहरुमा बिदा दिने प्रदेशहरुले पनि सहिद दिवसमा बिदा दिएनन् । मंगलबार बेलुकासम्म सरकारी निकायले बिदा हुनेबारे औपचारिक सूचना जारी गरेका छैनन् ।
सहिद दिवसमा सरकारले विभिन्न कार्यक्रमहरु भने आयोजना गरेको छ ।

प्रदेश-३ ले गर्‍यो सार्वजनिक विदाको घोषणा
शहिद दिवशको अवसरमा प्रदेश-३ ले सार्वजनिक विदाको घोषणा गरेपनि बाँकी ६ प्रदेश मौन बसेका छन्। प्रदेश- ३ को निर्णयलाई लिएर गृहमन्त्रालयले भने अनविज्ञता व्यक्त गरेको छ।

गृह प्रवक्ता रामकृष्ण सुवेदीले आफुलाई केन्द्रको निर्णय मात्र थाहा हुने बताए। ‘प्रदेशको निर्णय प्रदेशलाई सोध्नुस्, केन्द्रले गर्ने निर्णयमात्र मलाई थाहा हुन्छ’, सहसचिव सुवेदीले भने।

केही सञ्चार माध्यमले भने सुवेदीकै भनाइ उदृत गर्दै प्रदेश-३ को निर्णय काठमाडौँ उपत्यकाभित्र लागू नहुने बताएपछि सार्वजनिक विदाबारे केन्द्र र प्रदेशबीच विवाद रहेको छर्लङ्ग भएको छ। यता प्रदेश-३ ले भने प्रदेशभर सार्वजनिक विदा हुने जनाएको छ।

प्रकाशित मिति : मंगलबार, माघ १५ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij