काठमाडौँ – पश्चिमी वायुको प्रभावका कारण देशका अधिकांस भूभागमा बुधबारको मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका पश्चिमी र मध्य क्षेत्र लगायत पूर्वी पहाडी भूभागमा आशिंक बदली रहने मौसमविदले बताएका छन् ।
पश्चिमी पहाडी क्षेत्रमा वर्षा हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।
पश्चिमी भेगका उच्च पहाडी भूभागमा हिमपातको सम्भावना पनि रहेको मौसमविदको भनाई छ ।
बुधबार राति पनि मौसममा सामान्य बदली नै रहने छ ।
पश्चिमी र मध्य भेगका थोरै स्थानहरुमा राति हल्का वर्षा हुन सक्ने र उच्च पहाडी भूभागमा हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
प्रकाशित मिति : बुधबार, माघ १६ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्