पाल्पा – लामो समयपछि पाल्पाको सदरमुकाम तानसेनस्थित टुँडिखेल मैदानमा राष्ट्रिय स्तरको फुटवल प्रतियोगिता हुने भएको छ ।
पाल्पामा ३३ बर्षपछि फुटबल प्रतियोगिता हुन लागेको हो । पाल्पा गोल्ड कफ फुटबल प्रतियोगिता यही जेठ १२ गतेदेखि शुरु हुनेछ । २७ गतेसम्म हुने प्रतियोगितामा पाल्पा, रुपन्देही, नवलपरासी, कपिलवस्तु, बाके, स्याङ्गजा, कास्की, चितवन र काठमाडौका गरी १६ टिमहरुको सहभागिता रहने छ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३ लाख, द्वितीय हुने टिमलाई नगद १ लाख ५० हजार प्रदान गरिनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद ३ हजार र उत्कृष्ट गोलरक्षक, डिफेण्डर, सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्तालाई नगद ६ हजार प्रदान गरिने आयोजक एन्फा पाल्पाका प्रणय विरजंग राणाले जानकारी दिए ।
उनले प्रतियोगिताको लागि एन्फाबाट आर्थिक रुपमा सहयोग नपाए पनि विभिन्न व्यक्ति, क्लव तथा स्थानीय निकायबाट सहयोग जुटाएको जानकारी दिए ।
प्रकाशित मिति : मंगलबार, जेष्ठ २ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्