काठमाडौं : देशका अधिकांश भूभागमा मंगलबारदेखि बिहीवारसम्म वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहानैदेखि बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेकोे छ ।
दिउँसो पनि देशका अधिकांश भूभागमा अशिंकदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । दिउँसो तराईका जिल्लामा हावाहुरीुसहित वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिए।
अहिले काठमाडौं उपत्यकाको मौसम बिहानै धुम्मिएको छ। मौसमविद् झाका अनुसार काठमाडौंमा पनि दिउँसो वर्षाको सम्भावना छ। यस्तै राति पनि मुलुकका अधिकांश भूभागमा वर्षाको सम्भाना रहेको महाशाखाले जनाएको छ।
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव छ।
प्रकाशित मिति : मंगलबार, जेष्ठ ९ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्