काठमाण्डाै – सरकारले आज आर्थिक वर्ष २०८०/८१ को आयव्ययको विवरण अर्थात् बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा दिउँसो सवा ४ बजे बजेट प्रस्तुत गर्न लाग्नुभएको हो ।
आउँदो आर्थिक वर्षको लागि १७ खर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने सरकारको तयारी छ । योजना आयोगले आउँदो आर्थिक वर्षका लागि १६ खर्ब ८८ अर्ब रुपैयाँको बजेट ल्याउन सिलिङ दिएको छ ।
आउँदो बजेटमा साधारण खर्च कटौती, पुँजीगत खर्चमा वृद्धि, अनावश्यक सरकारी संरचनाको खारेजी तथा मर्जर, प्रत्यक्ष वैदेशिक लगानीको सीमा हटाउने लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ ।
अर्थमन्त्री महतले कार्यान्वयनयोग्य बजेट मात्रै ल्याउने बताउनुभएको छ । हिजो संसदमा आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा स्थिति पेस गरी बाहिरिने क्रममा अर्थमन्त्री महतले कार्यान्वयनको कुरालाई मध्यनजर राखेरै बजेट आउने बताउनुभएको हो ।
प्रकाशित मिति : सोमबार, जेष्ठ १५ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्