पशुपतिनाथकाे जलहरी निर्माणबारे सत्य/तथ्य पत्ता लगाउन पहल गर्नुपर्ने संसदीय समितिकाे निष्कर्ष

पशुपतिनाथकाे जलहरी निर्माणबारे सत्य/तथ्य पत्ता लगाउन पहल गर्नुपर्ने संसदीय समितिकाे निष्कर्ष

काठमाण्डाै – संसदीय समितिले पशुपतिनाथ मन्दिरको जलहरी निर्माणको सम्बन्धमा सत्य/तथ्य पत्ता लगाउन पहल गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले बुधवार राष्ट्रिय गौरवका आयोजना स्थलगत अध्ययन, अनुगमन प्रतिवेदन सार्वजनिक गर्दै पशुपतिनाथ मन्दिरको जलहरी निर्माणको सम्बन्धमा सत्य/तथ्य पहिचानका लागि पहल गर्नुपर्ने निष्कर्ष निकालेको हो । समितिले महालेखा परीक्षकको ५९ औँ प्रतिवेदनमा जलहरी बनाएर बाँकी रहेको सुनको १० किलो ९७६ ग्रामको रिङ बनाई जलहरीमा लगाएको उल्लेख गरिए पनि बाँकी रहेको सुनको सम्पूर्ण परिमाण रिङ बनाउने काममा प्रयोग भएको पुष्टि हुने विवरण पेस नभएको भन्दै यस सम्बन्धमा महालेखा परीक्षकका पदाधिकारी र सरकारसँग छलफल गरी सत्य/तथ्य पहिचानका लागि पहल गर्नुपर्ने बताएको छ ।

त्यस्तै २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त मन्दिर प्राङ्गणका विभिन्न संरचनाहरूको पुनःनिर्माणको कामलाई तीव्रता दिनुपर्ने जनाइएको छ । त्यसैगरी पशुपति क्षेत्र विकास कोषसँग भाडा सम्झौता गरी मारवाडी सेवा समितिले चलाइरहेको शटरहरूको नयाँ भाडादर कायम गर्नुपर्ने देखिएको भन्दै त्यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरी निष्कर्ष निकाल्नुपर्ने पनि समितिको सुझाव छ ।

समितिले २०७९ चैत २६ गते पशुपति क्षेत्रको स्थलगत अनुगमन गरेको थियो । त्याे अनुगमनको क्रममा देखिएका समस्याहरूको समाधान गर्न समितिले विभिन्न सुझावहरू दिएको हो । समितिले श्लेषमान्तक वनमा मृत शरीर गाड्ने अवाञ्छित गतिविधि भइरहेको भन्दै उच्च सतर्कतासहितको सुरक्षा तथा निगरानी प्रणाली अवलम्बन गर्नुपर्ने उल्लेख गरेको छ ।

पशुपतिनाथ मन्दिर परिसरमा सरसफाइ सन्तोषजनक नदेखिएकाले यसतर्फ पनि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइएको समितिकी उपसचिव सरिता राना मगरले बताउनुभयो । पशुपतिनाथ मन्दिर परिसरभित्रका अन्य मन्दिरहरूको सुरक्षाका लागि व्यवस्थित सुरक्षा प्रणाली अपनाउनुपर्ने पनि उहाँले बताउनुभयो ।

प्रकाशित मिति : बुधबार, जेष्ठ १७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij