बजेट निर्माणमा इमानदारिताभन्दा बाहिर गएको छैन : अर्थमन्त्री महत

बजेट निर्माणमा इमानदारिताभन्दा बाहिर गएको छैन : अर्थमन्त्री महत

काठमाण्डाै – अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट निर्माणका क्रममा इमानदार भएर काम गरेकाे बताउनुभएको छ । मङ्गलवार आज बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिलाई संलग्न गराइ करका दर हेरफेर गरेको भन्ने विषयमा जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हाे ।

उहाँले अर्थमन्त्री भएर अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि इमानदार भएर काम गरेको बताउनु भयो । उहाँले आउँदाे आर्थिक वर्षको बजेट बनाउन आफूले कुनै पनि प्रभावबाट मुक्त भएर पारदर्शी ढङ्गबाट काम गरेको दाबी गर्नुभयो ।

उहाँले अर्थ मन्त्रालयका कर्मचारीकै रुपमा रामकृष्ण श्रेष्ठलाई करका दर टाइप गर्न दिएको बताउनु भयो । अर्थमन्त्रीले श्रेष्ठले ३० वर्षदेखि यही काम गर्दै आएको बताउनु भयो । श्रेष्ठको विज्ञताको कारण अघिल्लो अर्थमन्त्रीले मन्त्रालयमा नियुक्त गरेको देखिएको बताउनु भयो ।

‍उहाँले  इमानदारिता कायम राखेकाले स्वार्स्थ समूहहरु निजी स्वार्थ भएकाहरु पछि लागेको बताउनु भयो  । उहाँले अनधिकृत व्यक्ति छिराएर करका दर हेरफेर गर्न पर्‍यो भन्ने भाष्य बनाएर नियोजित रुपमा गर्दा त्यो नै सत्य हुने ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले जिम्मेवारी लिएर कसम खाएर संसद्को रोष्टममा उभिएर जवाफ दिएको भन्दै आफ्नो इमानदारितामाथि शङ्का नगर्न आग्रह गर्नुभयो ।

त्यस्तै, अर्थमन्त्री डा.महतले करको दर हेरफेरबारे आफूहरुले नै निर्णय गरेको बताउनु भयो। उहाँले निर्णय भएको इन्ट्री गर्न भने पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई सहयोगीका रुपमा लिएको स्वीकार गर्नुभयो ।  उहाँले करको दर हेरफेरबारे आफूसहितका आधिकारिक व्यक्तिहरुले निर्णय गरेको दाबी गर्नुभयो । उहाँले निर्णय गरिसकेपछि निर्णय प्रक्रियामा बसेका पदाधिकारीको उपस्थिति र निर्देशनमा इन्टर गर्ने काम मात्र भएको बताउनु भयो।

प्रकाशित मिति : मंगलबार, जेष्ठ २३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij