भारत भ्रमणबारे सकी नसकी विराेध गर्नु उचित हाेइन : प्रधानमन्त्री प्रचण्ड

भारत भ्रमणबारे सकी नसकी विराेध गर्नु उचित हाेइन : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणबारे कनीकुथी विरोध गर्नु उचित नभएको बताउनुभएको छ । हुन बाँकि सहमतिलाई पनि बिगार्ने र नेपाललाई नै कमजोर बनाउने गरी आफ्नो भारत भ्रमणको सकी नसकी विरोध गर्ने तरिका उचित नभएको उहाँकाे भनाइ थियाे ।

बुधवार राष्ट्रिय सभा बैठकमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले आफूले भारतसँग गरेका सहमतिका लागि राष्ट्रिय एकता प्रर्दशन गर्न पनि सबै पार्टीलाई आग्रह गर्नुभयो । उहाँले आफूले भारतीय पक्षसँग कालापानी क्षेत्र साट्ने प्रस्ताव नगरेको पनि बताउनुभयाे । बरु बङ्गलादेश जाने बाटोको विकल्पबारे पनि नेपालका केही बुद्धिजीवीहरूले छलफलमा ल्याएको कुरा आफूले नेपाली पत्रकारहरूसँगको कुराकानी गरेको उहाँको स्पष्टीकरण थियो ।

उहाँले भन्नुभयाे, ‘मेराे भारत भ्रमणलाई लिएर के सत्तापक्ष, के प्रतिपक्ष, नागरिक समाज सबैले मलाई बधाई दिन्छन् भनेर सोचेरै आएको थिएँ । स्वागत भव्य हुन्छ भन्ने लागेको थियो । किनभने नेपालको इतिहासमा केही युगान्तकारी काम भएका छन् । उत्पात भयो भन्ने मेरो दाबी होइन । तर एउटा नयाँ सुरुवात भयो । नेपाल समृद्ध हुने ढोका खोलियो । यसमा त हामीले खुसी पो व्यक्त गर्नुपर्छ त । त्यस कारण म माननीय सदस्यहरूलाई गम्भीरतापूर्वक अनुरोध गर्न चाहन्छु– यो बेला बलियो राष्ट्रिय एकताको प्रदर्शन गर्ने हाे । ठिक भएको छ । अझ ठिक हुनुपर्छ । भएका सहमति ठिक ढङ्गले कार्यान्वयन हुनुपर्छ । त्यस कारण यसमा अनावश्यक सकी नसकी विरोध गर्नुपर्ने, कनिकुथीको तरिका अपनाउनु उचित छैन ।’

प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो पटक दुई देशबीचको सीमा समस्या समाधान गर्ने भनेर दिएको सार्वजनिक अभिव्यक्ति नेपालका लागि ठूलो कुरा भएको बताउनुभयो । उहाँले आफूले भारत भ्रमणका क्रममा देशको समृद्धिका लागि नयाँ ढोका खोलेको दाबीसमेत गर्नुभयो । उहाँले आफूले भारत भ्रमणका क्रममा खर्बाैँकाे लगानी भित्र्याउने गरी सहमति गरेको जिकिरसमेत गर्नुभयो ।

प्रकाशित मिति : बुधबार, जेष्ठ २४ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij