आगामी वर्षदेखि बिहान १० बजे बजेट घोषणा गरौँ : सांसद गिरी

आगामी वर्षदेखि बिहान १० बजे बजेट घोषणा गरौँ : सांसद गिरी

काठमाडौं : नेपाली कांग्रेसका सांसद दीपक गिरीले आगामी आर्थिक वर्षदेखि बजेट घोषणा बिहान १० बजे गर्नुपर्ने बताएका छन्।

 

आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गिरीले भारतको तत्कालिन कम्पनी सरकारको सिको गर्दै नेपालमा पनि दिउँसो ४ बजे बजेट घोषणा गरिएको भन्दै आगामी आर्थिक वर्षदेखि बिहान १० बजे घोषणा गर्नुपर्ने बताएका हुन्। तत्कालिन भारतमा कम्पनी सरकार रहँदा बेलुका ४ बजे घोषणा गर्नुको रहस्य इंल्याण्डमा बिहान १० बजेको हुने र ब्रिटिशहरूलाई उपयुक्त समय पारिएको भन्दै नेपालले त्यो कुराको सिको गरिरहनु आवश्यक नभएको उनले बताए। आगामी वर्षदेखि दिउँसो ४ बजे गर्नु नहुने उनको भनाइ छ।

‘यो मुलुकमा सधैँ बजेट भाषणहरू बेलुका ४ बजे हुने। के कारण रहेछ त ४ बजे हुने भन्ने मैले पत्ता लगाएँ। किन बिहान १० बजे नहुने, किन १२ बजे नहुने। चाहे मल्टी पार्टी डेमोक्रेसी आएपछि होस्, चाहे गणतन्त्रमा आएपछि होस् मुलुकको बजेट ४ बजे हुने। कारण के रहेछ भनेर मैले यसो हेरेँ। जतिबेला भारतमा ब्रिटिश इन्डिया गर्भमेन्ट थियो, अथवा कम्पनी सरकारको गर्भमेन्ट थियो त्यतिबेला भारतको बजेट बेलुका ४ बजे भनिदोँ रहेछ। कारण के भने इंल्याण्डमा बिहानको १० बज्दो रहेछ’, उनले भने, ‘त्यतिबेला त्यहाँको बजेट त्यहाँ ब्रिटिशहरूलाई सुन्नु जरुरी रहेछ। त्यो कारणले चलेको चलन यद्यपी नेपालमा चार बजे आयो। त्यो सुधार्नुपर्‍यो। म सबै सरकार पक्षिय, प्रतिपक्ष सबैलाई भन्छु। अब आउँदो हाम्रो बजेट चार बजे होइन, १० बजे आउनुपर्‍यो।’

उनले जो अर्थमन्त्री बन्छ उसले आफ्नो क्षेत्रमा मात्रै बढी बजेट लाने गरेको उल्लेख गर्दै जिल्लाहरूको न्यूनतम् आवश्यकता अध्ययन गरेर मात्रै बजेट पठाउनुपर्ने बताए। उनले सांसदहरूको कुनै हैसियत नभएको भन्दै आफूलाई झोले सांसदको संज्ञा दिए। उनले काठमाडौँ महानगरपालिकाको मेयर बालेन्द्र शाहले सांसदहरूलाई वडाअध्यक्षको स्तरमा पुर्‍याइदिएको भन्दै शाहलाई सलाम अर्पण गरे।

 

प्रकाशित मिति : आइतबार, जेष्ठ २८ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij