नेपाल एअरलाइन्सको मलेसिया–भैरहवा उडान सुरु, हप्तामा एउटा उडान गर्ने तयारी

नेपाल एअरलाइन्सको मलेसिया–भैरहवा उडान सुरु, हप्तामा एउटा उडान गर्ने तयारी

काठमाण्डाै – नेपाल वायुसेवा निगमको जहाजले मलेसिया–भैरहवा उडान गरेको छ ।

व्यावसायिक उडानको अन्तर्गत मलेसियाको क्वालालम्पुरबाट आएको निगमको एक सय ५८ सिट क्षमताको न्यारोबडी विमानलाई बिहान भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गर्नुभयो ।

विमानमा मलेसियाका पर्यटन व्यवसायीहरुसहित अरु यात्रु आएका छन् । भैरहवामा मलेसियाका व्यवसायीसहित ३१ जना यात्रु ओरालेर निगमको जहाज काठमाण्डौ आएको छ । बाँकी यात्रु काठमाण्डौ आएका छन् । निगमले अहिले मलेसिया भैरहवा ३१ हजार र मलेसिया काठमाण्डाै ५६ हजार रुपैयाँ दरमा एकतर्फी टिकट बिक्री गरिरहेको जनाएको छ ।

झण्डै ४० अर्ब रुपैयाँ लागतमा निर्माण भएको भैरहवा विमानस्थलको अघिल्लो वर्षको जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको हो । भैरहवामा नेपाल वायुसेवा निगमका न्यारोबडी र वाइडबडी विमानले परीक्षण उडान गरे पनि यस अघि कुवेतको जजिरा एअरलायन्सले मात्रै व्यावसायिक उडान गरेको थियो ।

जजिरापछि हिमालय एअरलायन्सले कात्तिकमा मलेसिया चार्टर्ड उडान गरेको थियो । अहिले यी दुवै कम्पनीले भैरहवाबाट नियमित तथा चार्टर्ड उडान गरेका छैनन् । नेपाल वायुसेवा निगमले पहिलो चरणमा न्यारोबडीबाट हप्तामा एउटा उडान गर्ने र भारतले एअररुट अनुमति दिएमा चाँडै मलेसिया–भैरहवा–दिल्ली–काठमाण्डाै उडान गर्ने योजना रहेको बताएको छ ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ ३० २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij