बुटवल – रुपन्देहीको तिलोत्तमामा एक युवाको हत्या भएको छ । ईलाका प्रहरी कार्यालय बुटवलले हत्या अभियोगमा एक युवालाई पक्राउ गरि शुक्रबार सार्वजनिक गरेको छ । तिलोत्तमा–१६ पूर्व बहियामा स्थानीय २६ वर्षीय ज्ञान बहादुर कंवरले आफैसँग बसेका १८ वर्षीय सुमन कंवरको मँगलबार हत्या गरेको प्रहरीले जनाएको छ ।
नवलपरासी बर्दघाट सुस्ता (पश्चिम) सुनवल नगरपालिका–७ घर भई तिलोत्तमामा आफ्नै साथीसँग बस्दै गर्दा आपसी मनमुटाव भएपछि अभियुक्त ज्ञान बहादुरले सुमनको हत्या गरेको प्रहरीले जनाएको छ । मँगलबार साँझ करिब ७ बजेको समयमा उनीहरु बीच आपसी विवाद भएपछि अभियुक्त कंवरले चापाकलको ह्याण्डलले टाउकामा प्रहार गरी हत्यापछि उनी फरार भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए । अनुसन्धानका क्रममा मृतक र हत्या अभियोगी आपसमा खाने बस्ने तथा लागुऔषध सेवन गर्ने गरेको बयान प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख भरत बहादुर बि.क.ले बताए । अभियुक्तलाई विहिबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरिएको हो ।
जिल्ला अदालतबाट ५ दिन म्याद लिई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, असार १ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्