तिनाउ गाउँपालिका–३ सिद्धबाबास्थित तिनाउ खोलाको बाँधमा डुबेर शनिबार एकजनाको मृत्यु

तिनाउ गाउँपालिका–३ सिद्धबाबास्थित तिनाउ खोलाको बाँधमा डुबेर शनिबार एकजनाको मृत्यु

पाल्पा : तिनाउ गाउँपालिका–३ सिद्धबाबास्थित तिनाउ खोलाको बाँधमा डुबेर शनिबार एकजनाको मृत्यु भएको छ।

 

 

मृत्यु हुनेमा गुल्मीको सत्यवती गाउँपालिका–७ का १८ वर्षीय अभिषेक परियार रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए। अध्ययनका लागि रूपन्देहीको तिलोत्तमा–३ ड्राइभरटोलमा उनी कोठा भाडामा बस्दै आएका थिए।

तिनाउ खोलामा पौडी खेल्ने क्रममा मध्याह्न १२ बजे उनी अचानक डुबेर बेपत्ता भएका थिए। प्रहरीले खोजतलास गर्दा दिउँसो साढे १ बजे डुबेको ठाउँमा अचेत अवस्थामा फेला परेका थिए।

उपचारका लागि रूपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेको थापाले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : शनिबार, असार २ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij