काठमाण्डाै – आईसीसी एकदिवसीय विश्व कप छनोट प्रतियोगिता अन्तर्गत अमेरिकाले नेपाललाई २ सय ८ रनको लक्ष्य दिएको छ ।
नेपालसँग टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा अलआउट हुँदै २ सय ७ रन बनायो । उसका शायन जहंगिरले नटआउट एक सय रन बनाए । बलिङतर्फ नेपालका करण केसीले ४, गुल्सन झाले ३, दिपेन्द्रसिंह ऐरीले २ र ललित राजवंशीले एक विकेट लिए ।
अमेरिकाले १८ रन बनाउँदा नै ४ विकेट गुमाइसकेको थियो तर त्यसपछि भने नेपाली बलरलाई विकेट लिन हम्मेहम्मे हुँदा अमेरिकाले २ सय ७ रन बनाउन सफल भयो । अघिल्लो खेलमा विकेट लिन नसकेका सन्दीप लामिछाने आज पनि विकेटविहीन रहे ।
प्रकाशित मिति : मंगलबार, असार ५ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्