बाढी पहिरो अपडेट : ९ जनाको ज्यान गयो, १ सय ९० परिवार विस्थापित, ३० वटा पुलमा क्षति, १५ वटा सडक अवरुद्ध

बाढी पहिरो अपडेट : ९ जनाको ज्यान गयो, १ सय ९० परिवार विस्थापित, ३० वटा पुलमा क्षति, १५ वटा सडक अवरुद्ध

काठमाण्डौ – पूर्वी पहाडी जिल्लामा गएको शनिवारदेखिको बाढी पहिरोमा परेर एक सय ९० परिवार विस्थापित भएका छन् ।

पाँचथरमा ९३, ताप्लेजुङमा ८० र संखुवासभामा १७ परिवार विस्थापित भएका प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक (एसपी) ऋषिराम कडेलले जानकारी दिनुभयो ।

बाढी पहिरोले पूर्वी पहाडी जिल्ला पाँचथर, ताप्लेजुङ र संखुवासभा बढी प्रभावित छन् । भोजपुर र इलाममा पनि क्षति भएको छ ।

बाढी पहिरोमा परेर अहिलेसम्म नाै जनाको ज्यान गएको पुष्टि भएको छ । पाँचथर र ताप्लेजुङमा तीन/तीन जना तथा संखुवासभामा दुई र भोजपुरमा एक जनाको ज्यान गएको एसपी ऋषिराम कडेलले जानकारी दिनुभयो ।

बाढी पहिरोमा परेर घाइते घएका सात जनामध्ये चार जना डिस्चार्ज भएका छन् भने तीन जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

बाढी पहिरोमा परेर बेपत्ता भएका २७ जनाको अवस्था भने अझै पत्ता लागेको छैन । बाढी पहिरोमा संखुवासभाका २१, पाँचथर र ताप्लेजुङका तीन/तीन जना बेपत्ता भएका हुन् ।

त्यस्तै, बाढी पहिरोबाट ४३ वटा घरमा नोक्सानी भएको छ । संखुवासभाका २४, पाँचथरका १०, ताप्लेजुङका छ र इलामका तीन वटा घरमा नोक्सानी भएको प्रहरीले जनाएको छ ।

यस्तै, १२ वटा पक्की र १८ वटा कच्ची गरी ३० वटा पुलमा पनि क्षति भएको छ । पाँचथरका १५, ताप्लेजुङका नाै, संखुवासभाका छ वटा पुलमा क्षति भएको हो ।

त्यस्तै, पाँचथरका सात, ताप्लेजुङका चार, संखुवासभाका तीन र इलामको एक गरी १५ वटा सडक अवरुद्ध भएका छन् । अवरुद्ध भएकामध्ये केही सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार १६ वटा हाइड्रोपावर (पाँचथरका ६, संखुवासभाका ८ र ताप्लेजुङका २ ) मा पनि नोक्सानी भएको छ ।

प्रकाशित मिति : बिहिबार, असार ७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij