मर्जर, एक्विजिसन र एफपीओमा कर महालेखा प्रतिवेदनअनुसार नै लगाइएको हो : अर्थमन्त्री

मर्जर, एक्विजिसन र एफपीओमा कर महालेखा प्रतिवेदनअनुसार नै लगाइएको हो : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा. प्रकाशशरण महतले मर्जर, एक्वlजिसन र एफपीओमा करको प्रावधान भूत प्रभावी कानुनी व्यवस्था नभएको दाबी गरेका छन् ।

शुक्रबार नेपाल उद्योग परिसंघको २० औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले सरकारले भूत प्रभावी कानुन ल्याएको भनेर गरिएको व्याख्या गलत भएको र मर्जर, एक्विजिसन र एफपीओमा कर महालेखाको प्रतिवेदन अनुसार नै निर्धारण गरिएको बताए ।

मर्जर, एक्विजिसन र एफपीओमा कर सम्बन्धी व्यवस्था सरकारले ल्याएको नयाँ कानुन जसरी व्याख्या गरिएको उनको भनाइ छ ।

‘मर्जरका कर अहिले हामीले कुनै प्रावधान परिवर्तन गरेका छैनौं, पश्चगामी कर लगाइएको होइन,’ अर्थमन्त्री महतले भने, ‘कर लाग्नु पर्ने, नपर्ने भन्ने अन्तिम व्याख्या महालेखा परीक्षकले गर्ने हो । त्यसलाई हामीले काट्न सक्दैनौं ।’

यो कर राहत भएको भन्दै उनले यसलाई सहज र फराकिलो गर्न सकिने प्रष्ट्याए । यस्तो करबारे अन्तिम व्याख्या गर्ने बाटो अदालत नै भएको उनको भनाइ छ ।

प्रकाशित मिति : शुक्रबार, असार ८ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij