तिलाेत्तमा -रूपन्देहीको तिलाेत्तमा ७ भलबारीमा राष्ट्रिय धान दिवस तथा राेपाईँ महाेत्सव सम्पन्न भएकाे छ । अखिल नेपाल किसान महासंघ जिल्ला कमिटी रूपन्देहीको अायाेजनामा शुक्रबार राेपाईँ गरिएकाे हाे । राेपाईँ कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले पाेलिटव्यूराे सदस्य दधिराम न्याैपानेले सरकारले किसानलाई बेवास्ता गरेकाे बताए । उनले यसका लागि किसानहरूले महासंघमार्फत शशक्त अान्दोलनकाे तयारी गरेकाे बताए । कार्यक्रममा बाेल्दै प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले श्रमकाे उच्च सम्मानस्वरूप याे कार्यक्रम गरेकाे बताए । पछिल्लो समय अाफ्ना खेतबारी बाँझो राखेर चामल किनेर खानुपर्ने प्रचलन र बाध्यता रहेकाे बताए । असार १५ राष्ट्रिय धान दिवसकाे अवसर पारी गरिएकाे राेपाईँ महाेत्सवमा तिलाेत्तमा वाड नम्बर ७ का गुरु पंगेनीकाे करिब ८ कट्ठा जग्गामा राेपाईँ गरिएकाे महासंघ जिल्ला सचिव टेकप्रसाद अर्यालले जानकारी दिए । त्यसैगरी अखिल नेपाल किसान महासंघ सिद्धार्थनगर , देवदह , गैडहवालगायतका ठाउँमा राेपाईँ गरिएकाे महासंघले जनाएकाे छ । कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य एकराज विश्वकर्मा , जिल्ला अध्यक्ष तेजेन्द्र केसी , उपाध्यक्ष जगेश्वर देवी चाैधरी , सचिव यज्ञ गैरे , तिलाेत्तमा नगर कमिटी अध्यक्ष तामनाथ पाण्डे , अखिल नेपाल किसान महासंघ केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्ष महेन्द्र गिरी , तिलकराम अाचार्य , चुमकला बस्याल , निशा शर्मा , प्रदेश सदस्य तथा अाेमसतिया ईन्चार्ज पुष्करनाथ पन्थ , सीता पाैडेल महासंघ जिल्ला अध्यक्ष कृष्णप्रसाद पन्थी , तिलाेत्तमा नगरपालिकाका जनप्रतिनिधिहरूकाे उपस्थिति रहेकाे थियाे ।
प्रकाशित मिति : शुक्रबार, असार १५ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्