एमालेकाे बिराेधका बाबजुद लुम्बिनी प्रदेश सभामा बजेटमाथिको सैद्धान्तिक छलफल सकियो

एमालेकाे बिराेधका बाबजुद लुम्बिनी प्रदेश सभामा बजेटमाथिको सैद्धान्तिक छलफल सकियो

दाङ,
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकाे बिराेधका बाबजुद लुम्बिनी प्रदेश सभामा बजेटमाथिको सैद्धान्तिक छलफल सकिएकाे छ ।

बजेटमाथिको सैद्धान्तिक छलफलमा प्रमुख प्रतिपक्ष दल एमालेले भने भाग लिएन ।

प्रमुख प्रतिपक्ष दलका सांसदलाई बोल्न सयम दिए पनि एमालेका प्रदेश सभा सदस्यहरूले छलफलमा सहभागीता जनाएनन् ।

छलफलमा सत्तारुढ दलका बैजनाथ कलवार, वसीउद्दीन खाँ, खड्गबहादुर बस्नेत, तारा थापाले सहभागीता जनाउदै बजेटकाे बचाउ गरेका थिए ।

असार १ गते सरकारले ४० अर्ब ४७ करोड ८९ लाखको बजेट ल्याएको थियो। बजेटमाथि छलफल गर्न आह्वान गरिएको बैठक तीन पटकसम्म स्थगित गरिएको थियो।

बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै निर्देशनालय खारेज गर्ने निर्णयको बारेमा अध्ययन गर्न समिति बनेको र सो आधारमा कार्यान्वयन गरिने बताए ।

यस्तै, मन्त्री मास्कीले सदनमा आर्थिक वर्ष २०८०/०८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा बनेको विधेक पेश गरे ।

प्रदेश सभाको अर्को बैठक मंगलबार दिउँसो १ बजे बस्नेगरि स्थगित भएको छ ।

प्रकाशित मिति : सोमबार, असार १८ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij