शान्ति समाजद्धारा दाङ र जुम्ला जातिय विभेद घटनाका विरुद्ध रुपन्देहीमा प्रदर्शन

शान्ति समाजद्धारा दाङ र जुम्ला जातिय विभेद घटनाका विरुद्ध रुपन्देहीमा प्रदर्शन

बुटवल -दाङ र जुम्ला जातिय विभेद घटनाका विरुद्ध रुपन्देहीमा प्रदर्शन गरिएको छ ।

जातीय विभेद तथा छुवाछूत विरुद्ध मानव अधिकार तथा शान्ति समाजले रुपन्देहीमा प्रदर्शन गरेको हो ।
दाङको घोराहीमा घर भाडा बसेका दलित समुदायका परिवारलाई गाली गलौच गरि घरबाट हटाएको घटना र जुम्लामा अन्तरजातीय बिबाहका कारण दलित समुदायको घरमा आगोलगाएको विरुद्धमा शान्ति समाजले प्रदर्शन गरेको हो ।
कार्यक्रममा हाम्रो अभियान जातिय छुवाछूत विरुद्ध हो , छुवाछूत मानवता बिरुवाको अपराध हो,दलित समुदाय माथी भइरहेको उत्पीडन बन्द गर ,दण्डहिनताको अन्त्य गर, दलित अधिकार मानव अधिकार लगायतका प्लेकार्ड सहित प्रदर्शन गरिएको थियो ।

शान्ति समाज रुपन्देही शाखाका सभापति कृष्ण प्रसाद भटराई को अध्यक्षतामा भएकोमा प्रदर्शन पछि आयोजित कार्यक्रममा प्रमुख वक्ता निबर्तमान केन्द्रिय सभापती गोबिन्द खनालले सरकारले जातीय छुवाछूत अन्त्यको घोषणा गरेपनि व्यवहारमा कार्यान्वयन हुन नसकेको बताउनुभयो । देशमा अझै पनि दलित समुदायका नागरिकहरू कुनै कुनै माध्यमबाट छुवाछूत तथा जातीय विभेदमा परि रहेको बताउदै मानवअधिकार तथा शान्ति समाजले य हरेक किसिमका विभेद विरुद्ध शसक्त रूपमा देशव्यापी रूपमा आवाज उठाउदै आएको बताउनुभयो ।

ट्ेड युनियन लुम्बिनी प्रदेश सभापति काजी मान श्रेष्ठले जुम्ला दाङ लगायत को घटनाले अहिले २१ औ सताब्दीमा पनि छुवाछूत तथा जातीय विभेदन अन्त्य नहुनु अत्यन्त दुखत भएको भन्दै यस्ता खालका विभेद अन्त्य गर्न कानुनको कार्यान्वयन उचित रुपमा हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा समाजका सल्लाहकार टंक पराजुली, केन्द्रिय सदस्य डिपी खनाल, प्रेस युनियन केन्द्रिय सदस्य फुलु सुनार ,पत्रकार महासंघ रुपन्देहीका कोषाध्यक्ष संजय सौगात ,दलित पत्रकार संघ रुपन्देहिका अध्यक्ष टंक सुनार लगायतले जातिय विभेदको अन्यका लागी सोचमा परिबर्तन को आवश्यकता रहेको भन्दै सामजिक न्यायका लागि यस्तो दवाव मुलक कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयको थियो ।कार्यक्रम समाजका सहसचिव सिता पौडेल को स्वागत एवम सचिब कृष्ण पाण्डेको संचालनमा सम्पन्न भएको हो ।

 

प्रकाशित मिति : सोमबार, असार २५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij