सरकारका सबै नीति र कानुनमा प्रेस स्वतन्त्रता सुनिश्चित हुन्छ : सञ्चारमन्त्री शर्मा

सरकारका सबै नीति र कानुनमा प्रेस स्वतन्त्रता सुनिश्चित हुन्छ : सञ्चारमन्त्री शर्मा

काठमाडौँ
सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले सरकारले सबै नीति र कानुन तर्जुमा गर्दा प्रेस स्वतन्त्रताको सुनिश्चितता कायम गर्न प्रतिबद्ध रहेको बताएकी छन् । आमसन्चार क्षेत्रलाई मर्यादित, जिम्मेवार, जवाफदेही, उत्तरदायी र विश्वसनीय बनाउन आवश्यक नीतिगत तथा कानूनी सुधारका लागि पहल गरिरहेको उनले बताइन् ।

बिहीबार राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफमा मन्त्री शर्माले सरकारले सबै नीति र कानुन तर्जुमा गर्दा प्रेस स्वतन्त्रताको सुनिश्चितता कायम गर्न प्रतिबद्ध रहेको बताएकी हुन् ।

सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा भएको तीव्र विकासले आर्थिक, सामाजिक, शैक्षिक लगायत विभिन्न क्षेत्रमा प्रभाव पारेको भन्दै उनले विश्वमा विकसित नवीनतम प्रविधिको प्रयोग गर्दै समृद्धिको लक्ष्य प्राप्ति गर्नुको बिकल्प नभएको बताइन् ।
उनले आगामी आर्थिक वर्षमा मन्त्रालयले सञ्चालन गर्ने कार्यक्रमहरू गुणस्तरको सुनिश्चिततासहित समयमै सम्पन्न गरी लक्षित उपलब्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

सूचना प्रविधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षाको जोखिम बढेको भन्दै मन्त्री शर्माले डिजिटल साक्षरता प्रवद्धन गर्ने र सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याइ मर्यादित र व्यवस्थित गर्ने कार्यमा सरकार निरन्तर प्रयासरत रहेको बताइन् ।

उनले साइबर सुरक्षासँग सम्बन्धित विषयहरू एकीकृत गरी राष्ट्रिय साइबर सुरक्षा नीति मन्त्रिपरिषद्मा लैजाने तयारी अन्तिम चरणमा पुगेको बताइन् । त्यस्तै, मुलुकका सबै वडामा गुणस्तरीय इन्टरनेट सेवा पु¥याउने सरकारको लक्ष्य रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : बिहिबार, असार २८ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij