संवैधानिक परिषद्काे बैठक विना निष्कर्ष सकियाे

संवैधानिक परिषद्काे बैठक विना निष्कर्ष सकियाे

;+j}wflgs kl/ifbsf] a}7s sf7df8f}F, !^ ;fpgM k|wfgdGqL sfof{no l;+xb/af/df dªunaf/ a;]sf] ;+j}wflgs kl/ifbsf] a}7sdf k|wfgdGqL k'iksdn bfxfn …k|r08Únufot . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाण्डाै – संवैधानिक परिषद्को बैठक विना निष्कर्ष सकिएको छ । आज मङ्गलवार सिंहदरबारमा बसेकाे बैठक विना निष्कर्ष सकिएकाे हाे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश हरिकृष्ण कार्कीं, उपसभामुख इन्दिरा राना र प्रमुख प्रतिपक्षी दलका नेता तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको बैठकले प्रधानन्यायाधीशको नियुक्ति सिफारिस गर्ने अनुमान थियो । तर आज प्रधानन्यायाधीश सिफारिस हुन नसकेको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताउनुभयो । अर्को बैठक पर्सि बिहीवार बेलुका बस्नेछ ।

समितिले वरिष्ठताका आधारमा विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने तयारी गरेको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की यही साउन २० गतेबाट अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ । प्रधानन्यायाधीश अनिवार्य अवकाशमा जानुभन्दा एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्नुपर्नेमा अहिलेसम्म परिषद्को बैठक बस्न सकेको थिएन ।

प्रकाशित मिति : मंगलबार, साउन १६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij