माओवादीले ३ महिने अभियान चलाउने, एक घर पनि नछाडी अभियानमा जान प्रचण्डको निर्देशन

माओवादीले ३ महिने अभियान चलाउने, एक घर पनि नछाडी अभियानमा जान प्रचण्डको निर्देशन

काठमाण्डाै – नेकपा माओवादी केन्द्रले तीन महिने पार्टी रूपान्तरण अभियान सञ्चालन गर्ने भएको छ । माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ निर्णय गरेको हो ।

भदौ १६ देखि मङ्सिर १५ गतेसम्म सञ्चालन हुने अभियानमा माओवादीका सबै नेता नागरिकको घरघरमा परिचालन हुने पार्टीले जनाएको छ । अभियानअन्तर्गत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सात वटै प्रदेशका सात वटा वडामा गएर नागरिकसँग प्रत्यक्ष साक्षात्कार गर्ने योजना छ ।

बैठकमा अध्यक्ष प्रचण्डले एउटा पनि घर नछाडिकन अभियानमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ । अरू पार्टीका नेता कार्यकर्ताको घरमा गएर पनि माओवादीको भ्रष्टाचार विरोधी र विकासको अभियानबारे बुझाउन पनि प्रचण्डको निर्देशन छ ।

यस्तै प्रचण्डले आफूहरूविरुद्ध घेराबन्दी भइरहेको पनि दाबी गर्नुभएको छ । नेतृत्वविरुद्ध मुद्दा लगाउन खोजेकै कारण तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग दर्ता गर्नु परेको उहाँकाे भनाइ थियो । अहिले पनि पार्टीका नेताहरूलाई जेल हाल्ने विषय उठ्नु गम्भीर विषय भएकाले सचेत रहन उहाँले निर्देशन दिनुभयो ।

 

 

प्रकाशित मिति : आइतबार, साउन २१ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij