विश्वज्योती बचत तथा ऋण सहकारीद्धारा दुर्घटना बीमा बापतको रकम परिवारलाई हस्तान्तरण

विश्वज्योती बचत तथा ऋण सहकारीद्धारा दुर्घटना बीमा बापतको रकम परिवारलाई हस्तान्तरण

बुटवल-रुपन्देहिको बुटवल बिपि पथमा रहेको विश्वज्योती बचत तथा ऋण सहकारी संस्थाले दुर्घटना बिमाबापतको रकम हस्तान्तरण गरेको छ । मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका संस्थाका शेयर सदस्य सक्षम सुनार को परिवारलाई बिमा रकम घरमै गएर हस्तान्तरण गरिएको हो । सक्षमको असार १२ गते मोटरसाइकल दुर्घटनामा निधन भएको थियो ।

बिहीबार आयोजित एक औपचारिक कार्यक्रमका बीच संस्थाका अध्यक्ष हेम बहादुर बिश्वकर्मा ,संस्थापक अध्यक्ष सिताराम रसाइली ,निवर्तमान अध्यक्ष जोगलाल बिक , सल्लाहकार एम बि बिश्वकर्मा जनप्रतिनीधी लगायतको उपस्थितीमा सक्षमका बुवा र दिदिलाई एक लाख २० हजारको चेक हस्तान्तरण गरेका थिए ।

सो अवसरमा तिलोत्तमा ४ का जनप्रतिनीधि धनमाया नेपाली ले सहकारी ले पिडाको यस समयमा सहकारीका सदस्यहरुको अभिभावकत्व भुमिका निर्बाह गरेको भन्दै अत्यन्तै प्रभावकारी रहेको बताइन् ।
संस्थाका संस्थापक अध्यक्ष सिताराम रसाइली ले पछि परेको समुदायलाई लाई आर्थिक रुपमा कसरी माथि उठाउन सकिन्छ र आयआर्जन संग जोड्न सकिन्छ भन्ने उदेश्यले सहकारी को स्थापना गरिएको बताउदै संस्था ले व्यावसायिक रूपमा विभिन्न काम गरेको ले सहकारीले समाज बदल्न महत्त्वपूर्ण भुमिका खेलिरहेको बताए ।
सो अवसरमा संस्थाका अध्यक्ष हेम बहादुर बिश्वकर्माले संस्थाले दुर्घटना बिमा गरेको भन्दै सोहीबमोजिम स्वर्गीय सक्षमकोको परिवारलाई बिमा रकम हस्तान्तरण गरेको बताए ।सहकारी संस्था शेयर सदस्यहरुको अभिभावक भएको भन्दै दुःख सुखमा शेयर सदस्यहरुको साथमै रहने र शेयर सदस्यहरुलाई एक्लोपनको अनुभुति नगराउने अध्यक्ष बिश्वकर्माको भनाई छ । सहकारीले बचत संकलन र ऋण लगानी मात्र नभइ शेयर सदस्यको हितका लागि बीमा, राहत लगायतका सुविधा समेत प्रदान गर्दै आएको अध्यक्ष हेम बिकले बताए । साथै उनले पछिल्लो समय सहकारीका बिभिन्न कुराहरु आइरहेको बताउदै यस सहकारीमा सहकारी संस्था सञ्चालन र विकासका लागि सहकारीका सञ्चालक समिति पारदर्शी र सदस्यहरु इमान्दार रहेको बताए ।
कार्यक्रममा संस्थापक अध्यक्ष सिताराम रसाइली, निवर्तमान अध्यक्ष जोगलाल बिक,सल्लाहकार एम बि बिश्वकर्मा ,कमला बिश्वकर्मा, किशोर सेन्चुरी ,चोम बहादुर बिश्वकर्मा,छबिलाल सुनार ,ओम प्रकास सुनार ,व्यवस्थापक ओम बहादुर अर्गेजा लगायतको उपस्थिती रहेको थियो ।२०५९ साल असार १३ गते स्थापना भएको सो सहकारीमा ८ सय बढि शेयर सदस्य रहेका छन् ।

 

प्रकाशित मिति : बिहिबार, साउन ३२ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij