काठमाण्डाै – ६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानका क्रममा गएराति दुई जनालाई काठमाण्डौबाट पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुको प्रहरीले नाम खुलाएको छैन । यसबारे थप अनुसन्धानकै क्रममा रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो । यसअघि अस्ति सीआईबीले चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।
प्रहरीले यो प्रकरणमा अहिलेसम्म २३ जनालाई पक्राउ गरेको छ । राजश्व अनुसन्धान विभागले गएको साउन ३ मा भन्सार जाँचपासबाट बाहिरिएको सुनसहितको एक सय ५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो । चिनियाँ तस्करले हङकङबाट भित्र्याएको ब्रेक शुबाट बरामद गरिएको सुन मङ्गलवार गालिएपछिको तौल ६० किलो ७ सय १६ ग्राम छ ।
प्रकाशित मिति : शुक्रबार, भाद्र १ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्