JanataToday.com

Advertisment

SKIP THIS

नेपाललाई हङकङले दियो ८५ रनको सामान्‍य लक्ष्य

नेपाललाई हङकङले दियो ८५ रनको सामान्‍य लक्ष्य

काठमाडौं। आइसीसी वुमन्स टी-२० एसिया क्षेत्र छनोट अगाडि नेपालले चार देश सम्मिलित सिरिजको पहिलो खेलमा नेपालले हङकङबाट ८५ रनको सामान्य विजयी लक्ष्य पाएको छ ।

हङकङविरुद्ध नेपालकी सीता राना मगरको ५ विकेटसहितको उत्कृष्ट स्पिन अट्याकमा  नेपालले ८५ रनको सामान्य लक्ष्‍य पाएको हो ।

सीताले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १६ रन खर्चेर ५ विकेट लिइन् । उनले मिडल ओभरमा विकेटको वर्षा गर्दा हङकङ सस्तोमा प्याक भएको हो ।

वायुमास स्पोट्र्स एण्ड इभेन्ट कम्प्लेक्समा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९.१ओभरमा अलआउट हुँदै ८४ रन बनाएको हो ।

हङकङका लागि कप्तान क्यारी चानले सर्वाधिक ३४ रन बनाइन् । उनले २९ बलमा २ चौका र १ छक्का प्रहार गरेकी हुन् । उनलाई नेपालकी कप्तान रुबिना क्षेत्रीले बोल्ड आउट गरेकी हुन् । डोरोथिया चानले ३३ बलमा १६ रन बनाइन् ।

ओपनरद्वय यस्मिन दस्वानी र मारिको हिलले समान ६–६ रन बनाइन् । सन्जिन सहजादले २, मार्यम बीबीले ९, रुचिथा बेङ्कटेसले १, हि यीङ चिउङले४ रन बनाइन् । मे वाइ सु २ रनमा अविजित रहिन् ।

नेपालका लागि ओपनर बलरद्धय कविता कुँवर र पुजा महतोले समान १–१ विकेट लिइन् । कविताले ४ ओभर बलिङ गरेर १ मेडनसहित १८ रन खर्चिइन् । पुजाले आज डेब्यू खेलमा ३ ओभर बलिङ गर्दै १ मेडन सहित ५ रन खर्चिइन् ।

यस्तै नेपालका लागि कप्तान रुबिना क्षेत्रीले २ ओभरमा १५ रन खर्चेर १ विकेट तथा इन्दु बर्माले २.१ ओभर बलिङ गर्दै ४ रन खर्चेर २ विकेट लिए ।

प्रकाशित मिति : मंगलबार, भाद्र ५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij