बुटवल । आफ्नो जन्मोत्सवको अवसरमा बुटवल चौराहामा रहको शिद्ववावा हस्पीटल प्रालीका प्रशासन प्रमुख प्रकाश न्यौपानेले बृद्वबृद्वाहरुका लागि खाद्यान्न तथा आर्थिक सहयोग गरेका छन् ।
शिद्वबाबामा रहेका १६ जना बृद्वबृद्वाहरुलाई खाद्यान्न, फलफुल तथा अर्थिक सहयोग गरेका हुन् ।
सिर्जनसिल युवा समाज पैयु ४ पर्वतका संस्थापक न्यौपाने रोजगारीको शिलशिलामा बुटवलमा छन् ।
आफ्नो जन्मदिनमा यस्तो पवित्र कार्य गर्न पाएकोमा खुसि ब्यक्त गर्दै आगामी दिनमा पनि यस्ता क्रियाकलापहरुलाई निरन्तरता दिने बताए ।
साथै जन्मदिनमा होटल रेष्टुरेन्टमा हुने खर्च कम गरी असाहयहरुको लागि सहयोग गर्न पनि उनले सबैसंग आग्रह गरेका छन् ।
उनी रोजगारी संगै समाज सेवामा पनि क्रियाशिल रहेका छन् ।
प्रकाशित मिति : सोमबार, माघ २८ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्