जनताका गुनासा सुनेर महत्‍व दिन प्रधानमन्त्रीको निर्देशन

जनताका गुनासा सुनेर महत्‍व दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन्।

 

 

आइतबार “हेलो सरकार”को सेवालाई तीन सिफ्टमा विस्तारित एवं सञ्चालन गर्ने कार्यको शुभारम्भ गर्दै प्रधानमन्त्री दाहालले सरकारको सबै निकायहरुलाई जनताको गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका हुन्।

उनले आफूहरुलाई महत्वको नलाग्ने गुनासोहरु जनताको दैनिक जीवनका लागि महत्वपूर्ण हुने भन्दै त्यसलाई ख्याल गर्न आग्रह गरे। उनले सार्वजनिक निकायप्रतिको नागरिकका सुझावहरु अमृत समान हुने बताए।

सार्वजनिक निकायहरुमा गुनासो सुनुवाई गर्ने संयन्त्र रहे पनि त्यसले जनताको मुहार उज्यालो बनाउन नसकेको प्रधानमन्त्री दाहालको भनाइ छ। उनले जनताका गुनासो तथा जिज्ञासाहरुलाई बास्केटमा राखेर कार्यालयमा स्टोर मात्रै गर्ने परम्परागत संयन्त्र र कार्यशैलीले जनताप्रतिको उत्तरदायित्व बोध नगराउने स्पष्ट पारे।

प्रधानमन्त्री दाहालले सबै संयन्त्रलाई उत्तरादायित्व बोधले तिखारेर कार्य सम्पादन गर्न सकेमा मात्र सरकारप्रति जनविश्वास बढेर जाने बताए।

उनले भने ‘यस संयन्त्रलाई सरकारी नीति, निर्माणमा नागरिक पृष्ठपोषण हुने प्रणालीको रुपमा विकास गर्नुपर्ने नै छ। यसका साथै गुनासो व्यवस्थापन प्रणालीलाई कृतिम बौद्धिकतासँग आवद्धता गर्नुपर्ने लगायत नागरिकका उत्कृष्ट विचार लिने क्राउड सोर्स गभर्नेन्सका रुपमा विकास गर्न पनि त्यत्तिकै अपरिहार्य छ। सुशासनको पहिलो शर्त सरकार र जनताबीचको आत्मिय सम्बन्धको विकास हुनु हो। जनतामा सरकार पनि छ, भन्ने अनुभूति गराउन सकिएन भने हामीले जे–जति सेवा प्रवाहमा सुधार गरे पनि या सुशासनका कुरा गरे पनि यसले धेरै अर्थ राख्दैन। त्यसैले म नेपाल सरकारका सबै निकायहरुलाई जनताको गुनासो व्यवस्थापनको विषयलाई पहिलो प्राथमिकतामा राखेर कार्य सम्पादन गर्न विशेष निर्देशन दिन चाहन्छु।’

विगत १२ वर्षदेखि सञ्चालनमा रहेको “हेलो सरकार” पछिल्लो समय प्रभावकारी रुपमा सञ्चालनमा हुन सकेको थिएन। आइतबारदेखि २४ घण्टा सञ्चालनमा आउने जनाइएको छ।

नेपाल टेलिकम र एनसेल मोबाइलबाट ११११ मा फोन गरी गुनासो राख्न सकिन्छ भने इमेल, फेसबुक, ट्वीटर, पोर्टल, भाइबर, ह्वाट्सएप लगायतका डिजिटल माध्यमबाट पनि गुनासो टिपाउने व्यवस्था गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

हेलो सरकारको डेस्कले प्राप्त गुनासोहरू तत्काल सम्बोधन गरी सोको जानकारी सम्बन्धित निवेदकलाई दिने व्यवस्था मिलाइएको छ। हेलो सरकार २४ सै घण्टा सञ्चालनका लागि तीन सिफ्टको कार्यतालिका निर्माण गरी सोहीअनुरूप कर्मचारी व्यवस्थापनसमेत गरिएको जानकारी दिए।

त्यसका लागि नेपाल सरकारका ३ जना उपसचिवसहित २५ जना कर्मचारीहरू खटाइएको जनाइएको छ। गुनासोहरू सम्बोधनका निम्ति र्‍यापिड रेस्पोन्स टिमसमेत गठन गरी कार्यान्वयनमा ल्याइएको प्रधानमन्त्री दाहालले जानकारी दिए।

 

प्रकाशित मिति : आइतबार, भाद्र १७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij