सरकारले संविधान दिवस तीन दिन मनाउने

सरकारले संविधान दिवस तीन दिन मनाउने

काठमाण्डाै – सरकारले संविधान दिवस तीन दिन मनाउने भएकाे छ । आज आइतवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले याे निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताउनुभएको हो ।

उहाँका अनुसार बैठकले असोज २, ३ र ४ गते तीन दिनसम्म विभिन्न समारोहका साथ संविधान दिवस मनाउने कार्यक्रम तय गरेको छ । असोज २ गते स्मारिक प्रकाशन, संवाद, परिसंवाद, अन्तरक्रिया कार्यक्रमहरू हुने र ३ गते सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गर्ने कार्यक्रम तय भएका छन् ।

उहाँले भन्नुभयो, ‘असोज २, ३ र ४ गते तीन दिनसम्म विभिन्न समारोहका साथ संविधान दिवस मनाउने कार्यक्रम आजको बैठकले निर्णय गरेको छ । २ गते स्मारिका प्रकाशन, संवाद, परिसंवाद, अन्तरक्रिया कार्यक्रमहरू गर्ने, ३ गते भव्य, वृहत् कार्यक्रम, सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गर्ने, देशभर पनि वृहत् कार्यक्रम गर्ने निर्णय भएकाे छ ।’

मन्त्री ज्वालाले सरकारले संविधान दिवसको अवसरमा तीन दिनसम्म साँझमा दीप प्रज्वलन गर्ने पनि बताउनुभयो ।

प्रकाशित मिति : आइतबार, भाद्र १७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij