काठमाडौं : प्रतिनिधिसभा बैठक बिहीबार बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा मन्त्रीहरूसँग प्रश्नोत्तर गर्ने कार्यसूची छ।
कृषि तथा पशुपन्छी विकास, श्रम रोजगार तथा सामाजिक सुरक्षा, अर्थ र उर्जा तथा सिँचाइ मन्त्रालय सम्बन्धी प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।
यसअघि गत सोमबार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय महिला आयोगको १५ औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची पनि रहेको सचिवालयले जनाएको छ।
प्रकाशित मिति : बिहिबार, भाद्र २१ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्