जनकपुरधाममा असोज ८ गते राष्ट्रपतिको नागरिक अभिनन्दन

जनकपुरधाममा असोज ८ गते राष्ट्रपतिको नागरिक अभिनन्दन

काठमाडौं : जनकपुरधाममा अर्को साता राष्ट्रपति रामचन्द्र पौडेलको नागरिक अभिनन्दन हुने भएको छ। राष्ट्रपति पौडेलको अभिनन्दन यही असोज ८ गतेका लागि तय भएको हो।

 

 

जनकपुरधाममा राष्ट्रपतिको भ्रमण तथा नागरिक अभिनन्दन कार्यक्रमलाई भव्य र सभ्य बनाउन सबै दल सहमत भएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाको सभाकक्षमा मंगलबार भएको सर्वदलीय सर्वपक्षीय बैठकलेपौडेलको भ्रमणलाई व्यवस्थित बनाउनुका साथै नागरिक अभिनन्दनलाई भव्यरूपमा सफल पार्न सबै दल सहमत भएको उपमहानगर प्रमुख मनोजकुमार साहले जानकारी दिए।

प्रतिनिधिसभा सांसद र प्रदेश सभा सदस्यसहितको मूल समिति र अन्य उपसमिति बनाएर राष्ट्रपतिको जानकी मन्दिरको पूजापाठदेखि नागरिक अभिनन्दनको तयारी गर्ने निर्णयसमेत गरिएको बताए।

‘जनकपुरधाम विमानस्थलबाट जानकी मन्दिर र मन्दिरदेखि कार्यक्रमस्थलसम्म सडकको दुवै छेउमा राष्ट्रिय झण्डासहित उभिएर नागरिक अभिन्दन गर्न सबै दलले आफ्ना कार्यकर्ता र स्थानीय समाजलाई परिचालन गरिने निर्णय भएको छ’, नगरप्रमुख साहले भने।

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नागरिकताविहीन लाखौँ युवाको समस्या समाधान गरी जनकपुरधाम आउन लागेका  राष्ट्रपति पौडेललाई मधेशवासीले भव्य स्वागत गर्नुपर्ने प्रस्तावमा सबै दलले सहमति जनाएको बताए।

बैठकमा कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सांसद निधि र सांसद रामकृष्ण यादव तथा एमालेकी जुलीकुमारी महतोसहित जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेश तथा स्थानीय तहका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो।

प्रकाशित मिति : बुधबार, असोज ३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij