JanataToday.com

Advertisment

SKIP THIS

महिलाद्धारा सञ्चालित परावर्तन सामाजिक उद्यमी सहकारीको ७औं वार्षिक साधारणसभा सम्पन्न

महिलाद्धारा सञ्चालित परावर्तन सामाजिक उद्यमी सहकारीको ७औं वार्षिक साधारणसभा सम्पन्न

बुटवल
बुटवल उपमहानगरपालिका मा वडा नम्बर १३ मा रहेको महिलाद्धारा सञ्चालित परावर्तन सामाजिक उद्यमी सहकारी संस्था लिमिेटेड को सातौ साधारण सभा आज साथ आज बुटवलको बेलबासमा रहेको अर्घाखाची पार्टी प्यालेसमा सम्पन्न भएको छ ।

बुटवलको वडा नं १३ मा रहेको उक्त सहकारी संस्थाको वार्षिक साधारण सभाले सहकारी सिद्धान्त अनुरुप आफना सदस्यहरुको आर्थिक तथा समाजिक बिकासको लागि सेवा तथा सुविधा उपलब्ध गराउन वितिय कारोबार मात्र नभै हरेक सदस्य संग केन्द्रित रहेर सामाजिक कृयाकलापमा जोडिएर सदस्य केन्द्रित कार्यक्रम संचालन गर्ने संस्था प्रयत्नसील रहेको साथै शेयर सदस्य बृद्धि कार्यलाई निरन्तरता दिएर यस बर्ष ५०० पूरयाउने सहकारीको कार्य क्षेत्र बिस्तार गर्ने सदस्यहरुको मनोभावलाई मध्यनजर गरि कुनै लधुउद्यम सम्बन्धी लधुउद्यमी कार्यक्रम सञ्चालन गर्ने बिश्वास दिलाउदै विगतका कार्यक्रमलाई निरन्तरता दिने गरि अध्यक्ष संस्थाका अध्यक्ष नमकला बेलबासेले प्रस्तुत गर्नुभएको प्रस्तावलाई पारित गरेको छ । सस्थाले विगत बर्ष देखि शेयर सदस्य मध्ये संस्थका जेष्ठ सदस्यलाई प्रशंसा पत्र सहित दोसल्ला ओढाएर सम्मान साथै त्यसै अवसरमा सहकारीको सदस्य बृद्धिमा विशेष योगदान गरेका शेयर सदस्य लाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।

साधारण सभाको कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल वडा नं १३ का वडा अध्यक्षले सस्थालाइ अधि बढाउन सहयोग गर्ने सहकारीले लधुउद्यम सम्बन्धी लधुउद्यमी कार्यक्रम सञ्चालन गर्ने बिषयलाइ आफू लागि पर्नेमा प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। उहाँले नीति, बिधि र प्रविधी अंगालेर काम गर्न पनि सुझाव दिनुभयो ।

बिशिष्ठ अतिथि उपमहानगरपालिका सहकारी शाखा प्रमुख गुणाकर खनालले कार्यक्रममा बोल्दै खनालले सहकारीमा प्रत्येक सदस्यको लगानी भएकाले यसलाई चलायमान बनाउन आर्थिक पारदर्शीता कायम हुनुपर्ने बताए । उनले पछिल्लो समय केही सहकारीले आर्थिक हिनामिना गरी सहकारी बन्द गरेकोले त्यसैको पछि लागेर सबै सहकारीलाई नराम्रो दृष्लिे नहेर्न सदस्यहरुलाई गर्नु भयो ।

सस्थालाइ अधि बठाउन सहयोग गर्ने वरिष्ठ सल्लाहकार पुरुषोत्तम बस्याल सल्लाहकार  खिमानन्द पौडेलले सातौ बर्ष आइपुगेकोमा शुभकामना दिदै र आगामी दिनमा पनि सहकारीले सहकारीका सदस्यले हरुलाई बिभिन्न किसिमका उद्यमसिलता तलिमहरु राखी राम्रो कामहरुलाई अगाडि बढन आग्रह गर्नु भयो ।

साधारण सभामा सस्थाका कोषध्यक्ष जानका पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन समेत सर्वसम्मतले पारित भएको छ भने सस्थाको आर्थिक बर्ष २०७९र २०८०को आन्तरिक लेखा परिक्षण प्रतिवेदन लेखा समितीका संयोजक राधा पोखरेल प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सस्थाका उपसभापति लक्ष्मी भण्डारीको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रम सस्थाका सचिव डिला गाहाले सञ्चालन गर्नु भएको थियो साथै अबदेखि सहकारी दैनिक १० बजे देखि ३ बजे सम्म सञ्चालन रहने सहकारीका व्यवस्थापक श्रृष्टि आचार्यले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : शुक्रबार, असोज ५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij