JanataToday.com

Advertisment

SKIP THIS

टी-२० क्रिकेटमा नेपालको कीर्तिमान नै कीर्तिमान, मंगोलियालाई ३१५ रनको लक्ष्य

टी-२० क्रिकेटमा नेपालको कीर्तिमान नै कीर्तिमान, मंगोलियालाई ३१५ रनको लक्ष्य

काठमाडौं : युवा ब्याटर कुशल मल्लको शतक, कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धसतक प्रेरित नेपालले मंगोलियालाई तीन सय १५ रनको लक्ष्य दिएको छ।

 

 

चीनको हान्झाउनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै तीन सय १४ रन बनाएको हो।

पहिलो पटक अन्तर्राष्ट्रिय मैदानमा उत्रिएको मंगोलिया बलिङ र फिल्डिङतर्फ कमजोर प्रदर्शन गरेको थियो। नेपाली ब्याटरले शाननदार प्रदर्शन गरेपनि मंगोलियन खेलाडी दवावमा आए।  फलतः नेपाल टी–२० आइकै कीर्तिमानी स्कोर बनाउन सफल भयो। मंगोलियन खेलाडीले बारम्बार कुशल मल्ल र रोहितको क्याच छाडेका थिए।

तेस्रो नम्बर क्रिजमा आएका कुशलले कीर्तिमानी शतक बनाएका हुन्। कुशलले ५० बलमा एक सय ३७ रन बनाए। कप्तान रोहितले २७ बलमा ६१ रन बनाएर आउट भए। दुई चौका र ६ छक्काको वर्षात गरेका रोहित क्याच आउट भएका हुन्। मल्ल र रोहितले तेस्रो विकेटको लागि एक सय ९३ रनको बलियो साझेदारी गरेका थिए।

यसअघि कुशल मल्लले ३४ बलमा शतक बनाए। उनले ६ चौका र आठ छक्का प्रहार गर्दै एक सय रन पूरा गरेका थिए। कुनै पनि खेलाडीले ३४ बलमा शतक बनाएको पहिलो पटक हो।

यसअघि कुशलले १९ बलमा अर्धसतक बनाएका थिए। कुशल मल्लले १९ बलमै अर्धसतक बनाउँदै ज्ञानेन्द्र मल्लको कीर्तिमान भंग गरेका छन्।  ज्ञानेन्द्रले २० बलमा अर्धसतक बनाएका थिए।​

पाँचौ नम्बर क्रिजमा आएका दीपेन्द्रसिंह ऐरीले १९औं ओभरमा पाँच बलमा पाँच छक्का प्रहार गरेका थिए। उनले १० बलमा आठ छक्कासहित ५२ रन बनाए।

झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटको लागि ४२ रनको साझेदारी गरेका थिए। भुर्तेल १९ र शेख १६ रन बनाएर आउट भए। नेपालले २९ रन अतिरिक्त पाएको थियो।

मंगोलियाको अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू खेल हो।  मंगोलियापछि नेपालले आइतबार माल्दिभ्ससँग खेल्नेछ।

प्रकाशित मिति : बुधबार, असोज १० २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij