मोतीपुर -बुटवल पश्चिमको यात्रुहरुको असुबिधालाई मध्यनजर गर्दै यातायातको असुविधामा परेका सर्वसाधारणलाई लक्ष्यीत एबम यात्रुको चापलाई ध्यानमा राखेर बस संचालनमा आउने भएको छ ।
बुटवाल १७ का जनप्रतिनिधि राम प्रसाद न्यौपाने , समाजसेबी सफातुल्ला रजा ,टंक न्यौपाने,केसब पाण्डे लगायत को पहल मा बुटवल यातायात प्रालि ले गोल पार्क,जोगीकुटी,मगरघाट,रानी गन्ज,मोतीपुर रानिबारी जनकपुर,दोगाना,मोहन गन्जा अमुवा मिलनचोक हुदै गोल पार्क सम्म यातायाात सेवा दिने भएको हो ।
आज एक कार्यक्रमका बिच बुटवल उपमहानरपालिका वडा न १७ का अध्यक्ष ज्ञान बहादुर रेस्मि र बुटवल यातायात का अध्यक्ष रबिन्द्र मान श्रेष्ठ ले बस संचालनको उद्घाटन गर्नुभएको हो ।उक्त बस सोमबार बाट नियमित रुपमा संचालन हुने भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै बुटवल १७ का वडा अध्यक्ष ज्ञान बहादुर रेस्मि ले स्थानिय स्तरमा विकासका कामहरु भइरहेको भन्दै आफूहरुको पहल सधै बिकासमा केन्द्रित हुने हुने बताए । जनप्रतिनिधी राम प्रसाद न्यौपाने ले बुटवल १७ लाई बुटवल संग जोड्दै सर्वसाधारणको सुविधाका लागि बस संचालन गरिएको बताए ।
बुटवल यातायात का अध्यक्ष रबिन्द्र मान श्रेष्ठ ले यस क्षेत्रका बासिन्दा को मागलाई सम्बोधन गर्दै अहिले यस क्षेत्रमा पहिलो पटक २ वटा नगरबस सञ्चालन गरिएको जानकारी दिए ।
हाल अटोबाट यात्रा गरिरहेका यस क्षेत्रका नागरिकलाई नगर बस संचालन गरेपछि यात्रामा सहजता हुने स्थानीयले विश्वास लिएका छन्।
बस संचालन हुनेभएपछि स्थानियहरु निकै उत्साहित भएका छन् ।
प्रकाशित मिति : शुक्रबार, असोज १२ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्