JanataToday.com

Advertisment

SKIP THIS

निगमले पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता लियाे, आज रातिदेखि लागू हुने

निगमले पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता लियाे, आज रातिदेखि लागू हुने

काठमाण्डाै – नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता लिएकाे छ ।

आज आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले चाडबाडको बेलामा मूल्यवृद्धि गर्नु अनुचित भएको भन्दै निगमलाई फिर्ता लिन निर्देशन दिएको थियाे । त्यही निर्देशनअनुसार निगमले पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता लिएकाे हाे ।

अहिलेकाे मूल्यवृद्धिलाई मूल्य स्थिरीकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी आजै राति १२ बजेदेखि लागू हुने गरी मूल्यवृद्धि फिर्ता गर्ने निर्णय लिइएको निगमले जनाएको छ ।

निगमले हिजाे शनिवार पेट्रोल लिटरमा २ रुपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ६ रुपैयाँले बढाएको थियाे । त्यस्तै खाना पकाउने ग्यासकाे मूल्य प्रतिसिलिन्डर २ सय १५ रुपैयाँले बढाएकाे थियाे । निगमले हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँले बढाएको थियाे ।

 

 

प्रकाशित मिति : आइतबार, असोज १४ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij