JanataToday.com

Advertisment

SKIP THIS

नेपाल भारतसँग २३ रनले पराजित : प्रतियोगिताबाट बाहिरियो

नेपाल भारतसँग २३ रनले पराजित : प्रतियोगिताबाट बाहिरियो

काठमाण्डाै – एसियाली खेलकुद अन्तर्गत क्रिकेटको क्वाटरफाइनल खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ ।

नेपालले राम्रो प्रदर्शन गरे पनि हार टार्न सकेन । यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । जितका लागि २ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७९ रन बनायो ।

नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रन बनाए । सन्दीप जोरा २९ रनमा आउट भए । कुशल भुर्तेल २८ रनमा आउट भए । करण केसी १८ रनमा अविजित रहे । भारतका स्पिनर रवि विश्रोई र आवेश खानले समान ३ विकेट लिए । अर्शदीप सिंहले २ विकेट लिए ।

त्यसअघि हान्झाउमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २ रन बनाएको थियो । भारतका यशस्वी जैसवालले शतकीय पारी खेलेका थिए । कप्तान ऋतुराज गायकवाड २५ रनमा आउट भए । नेपालका दीपेन्द्रसिंह ऐरीले २ तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक/एक विकेट लिए ।

प्रकाशित मिति : मंगलबार, असोज १६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij