काठमाण्डाै – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले लगातार दाेस्राे जित निकालेकाे छ । आज बिहीवार मूलपानी क्रिकेट मैदानमा भएकाे खेलमा नेपालले हङकङलाई ६ विकेटले हरायाे ।
हङकङले दिएकाे ९५ रनकाे सामान्य लक्ष्य नेपालले १३ ओभर ५ बलमा ४ विकेट गुमाएर भेटायाे । नेपालका आसिफ शेखले सर्वाधिक ४२ रन बनाए । यस्तै कप्तान राेहित पाैडेलले नटआउट २५ रन बनाए । बलिङतर्फ हङकङका एहसान खानले ३ विकेट लिए ।
यसअघि हिजाे बुधवार भएकाे खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएकाे थियाे । अब नेपालले पर्सि शनिवार फेरि हङकङसँग र आउँदाे साेमवार फेरि यूएईसँग खेल्नेछ । प्रतियाेगिताका शीर्ष २ टाेली फाइनलमा पुग्नेछन् । प्रतियाेगिताकाे फाइनल खेल कात्तिक १० गते त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
प्रकाशित मिति : बिहिबार, कार्तिक २ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्