JanataToday.com

Advertisment

SKIP THIS

त्रिकोणात्मक टी–२० : यूएईसँग खेल्दै नेपाल

त्रिकोणात्मक टी–२० : यूएईसँग खेल्दै नेपाल

काठमाडाैं – त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले आज यूएईसँग खेल्दै छ । मूलपानी मैदानमा हुने खेलमा नेपाल र यूएईबीचको प्रतिस्पर्धा ११ बजे सुरु हुने छ ।

श्रृंखलामा नेपाल लगातार चौथो जित निकाल्न चाहन्छ । नेपालले जारी सिरिजको पहिलो खेलमा यूएईविरुद्ध ७ विकेटको एकतर्फी जित निकालेको थियो । नेपालले दोस्रो खेलमा पनि लय कायम राख्दै हङकङलाई ६ विकेटले हरायो ।

त्रिकोणात्मक सिरिजको फाइनल शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने तालिका छ । त्यसपछि काठमाडौंमै टी–२० विश्वकप छनोट प्रतियोगिता सुरु हुनेछ । कार्तिक १३ गतेदेखि सुरु हुने छनोटको समूह ‘ए’ मा रहेको नेपालले ग्रुप स्टेजमा ओमान, मलेसिया र सिंगापुरसँग खेल्नेछ । यस्तै, समूह ‘बी’ मा यूएई, हङकङ, बहराइन र कुवेतले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : सोमबार, कार्तिक ६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij