JanataToday.com

Advertisment

SKIP THIS

टी–२० विश्व कप छनोटमा नेपालले सिङ्गापुरलाई आठ विकेटले हरायाे

टी–२० विश्व कप छनोटमा नेपालले सिङ्गापुरलाई आठ विकेटले हरायाे

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा नेपाल आठ विकेटले विजयी भएकाे छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिङ्गापुरले दिएकाे १ सय ४६ रनकाे लक्ष्य पछ्याएकाे नेपालले २ विकेट गुमाएर १६ दशमलव ३ ओभरमा पूरा गर्याे ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ७४ रन बनाए । यस्तै, कप्तान राेहित पाैडेलले ३५ रन बनाउँदा आशिफ शेख २७ रन बनाएर आउट भए । बलिङतर्फ नेपालका अभिनाश बोहराले ३ तथा करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले समान दुई/दुई विकेट लिए ।

यस्तै, सिङ्गापुरका लागि रोहन रङ्गराजनले सर्वाधिक ४६ रनको योगदान गरे भने आर्यवीर चौधरीले ३७, मनप्रित सिंहले २४ र अक्ष पुरीले १३ रन जोडे ।

अब, दोस्रो खेलमा नेपालले भोलि मलेसिया र  १६ गते बिहीवार ओमानसँग खेल्नेछ । नेपाल रहेको समूह ‘ए’ मा सिङ्गापुर, ओमान र मलेसिया छन् ।

समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप खेल्न पाउने छन् । त्रिवि र मूलपानी क्रिकेट मैदानमा हुने खेल १९ गतेसम्म चल्ने छ ।

प्रकाशित मिति : सोमबार, कार्तिक १३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij