काठमाडौं – आईसीसी टि-२० विश्वकप छनोटको सेमिफाइनल खेलमा नेपालले आज यूएईसँग खेल्दै छ । खेल बिहान-११ बजे मुलपानी क्रिकेट मैदानमा हुने छ ।
विजेता टोली २०२४ को ट-२० विश्वकप खेल्न पाउनेछन् । नेपाल यूएईलाई हराउँदै २०१४ पछि पहिलो पटक टि-२० विश्वकप खेल्ने सोचका साथ मैदान उत्रने छ । नेपाल २०२१ को छनोटको निर्णायक खेलमा यूएईसँग ६८ रनले पराजित हुँदै विश्वकप खेल्न पाएको थिएन ।
नेपालले समूह चरणमा सिंगापुरलाई ८ विकेट, मलेसियालाई ६ विकेटले हराउँदा ओमानसँग पाँच रनले हारेको थियो । यूएईले बहराइन र कुवेतलाई समान पाँच विकेटले हराएको थियो भने हङकङलाई २२ रनले हराएको थियो ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक १७ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्