JanataToday.com

Advertisment

SKIP THIS

आज प्रदेश ५ मा सार्वजनिक बिदा

आज प्रदेश ५ मा सार्वजनिक बिदा

बुटवल । प्रदेशसभा स्थापनाको वर्ष दिन पुगेको अवसरमा प्रदेश ५ सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका शाखा अधिकृत माधव शर्माले सूचना जारी गर्दै शुक्रबार सार्वजनिक बिदा हुने जानकारी दिनुभएको छ । स्थापना दिवसको पूर्वसन्ध्यामा बिहिबार राजमार्ग केन्द्रित सरसफाई कार्यक्रम आयोजनासमेत गरेको थियो ।

प्रदेश ५ भित्र पर्ने तराईका ६ जिल्लामा राजमार्ग केन्द्रित सरसफाई गरिएको हो । प्रदेश ५ सभा स्थापना भएको दिवसको अवसरमा राजमार्ग केन्द्रित सरसफाई अभियान थालिएको हो । राजमार्गको दाङ खण्डमा स्थानीय पालिकासँगको सहकार्यमा सरसफाई गरिएको छ ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजनामा पूर्वमा दाउन्नेदेखि पश्चिममा चिसापानी कर्णाली सम्मको राजमार्ग सफा गरिएको छ । मुख्यमन्त्री शंकर पोखरेलले बुटवलमा राजमार्ग सफा गरे, भने अन्य मन्त्री र सांसदहरु राजमार्गको विभिन्न ठाउँमा पुगेका छन।

लमहीमा सामाजिक विकास मन्त्री शुदर्शन बराल, कोहलपुरमा कानुन मन्त्री कुलप्रसाद केसीले राजमार्गमा सफा गरेका छन । प्रदेश स्थापना दिवसमा फागुन २, ३ र ४ गते विशेष कार्यक्रम राखिएको छ ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन ३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij