नेतृत्व तहमा रहेका नेताहरुले बुद्धका सन्देशलाई आत्म गर्न जरुरी ः गृहमन्त्री पाण्डे

नेतृत्व तहमा रहेका नेताहरुले बुद्धका सन्देशलाई आत्म गर्न जरुरी ः गृहमन्त्री पाण्डे

बुटवल -लुम्बिनी सरकारका गृहमन्त्री सन्तोष पाण्डेले बुद्ध जन्म भूमी नेपालका सबै नेतृत्व तहमा रहेका राजनैतिक दलका नेताहरुले बुद्धका सन्देशलाई आत्म साथ गर्न नसकेको गुनासो गर्नु भयो ।
बुद्ध व्यक्ति होईन विचार हो भन्द मन्त्री पाण्डेलेबुद्धका एकमात्र सन्देश भिक्षादान मागेर खाने कुरालाई मात्र नेपालका नेताहरुले प्रयोग गरेको भन्दै चिन्ता व्यक्त गर्नु भयो ।
बुद्धका असल सन्देशलाई आत्मसाथ गरेर सबैले दाईत्व वहन गर्न जरुरी रहेको मन्त्री पाण्डेले जोड दिनु भयो ।
धौलागिरी बहुउद्देश्यीय सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभामा शनिवार बुटवलमा वोल्दै गृहमन्त्री पाण्डेले जिल्लाबाहिर दर्ता भएर शाखा विस्तार गरेका सहकारीले गर्दा सहकारीलाई हेर्ने दृष्टीकोणमा केही समस्या आएको भन्दै प्रदेश सरकारले अब सहकारीको अनुगमन गर्ने बताउनु भयो ।
उहाँले विश्वमा नै आर्थिक मन्दी देखिएकोले उद्यागी व्यवसायी र आमनागरिकलाई आत्तिहाल्ने अबस्था नरहेको भन्दै सहानुभूती दिनु भयो ।
सैनौमैना नगरपालिकाका नगर प्रमुख फणिन्द्र शर्माले मुलुकको आर्थिक विकासका खम्वाका रुपमा रहेको सहकारीमा केहीगलत मनसाय राखेर संचालित सहकारीले गर्दा सिंगो सहकारीमा नकारात्मक अवस्था देखापरेको भन्दै । धौलागिरी बहुउद्देश्यीय सहकारीको अवस्था हेर्दा उत्कृष्ट रहेको औल्याउनु भयो ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले उद्योगी व्यवसायीहरुको व्यवसाय प्रवद्र्धनमा तीनै तहका सरकार गम्भिर हुन जरुरी रहेको बताउनु भयो ।
धौलागिरी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गोबिन्द खनालले सहकारीमा खराव कर्जा नरहेकोले शेयर सदस्यहरु ढुक्क हुन आग्रह गर्नु भयो । उहाँले सैनामैनामा सेवाकेन्द्रवाट ६ सय सदस्य बृद्धि र सिस्टर सोसाईटीका माध्यमवाट महिलाहरुलाई शसक्तिकरण गदै आर्थिक लगायत सामाजिक र सांस्कृति अधिकारको अभियानलाई तिब्रता दिएको बताउनु भयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष देव प्रसाद खनाल सचिव ठाकुर घिमिरे नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति रामराज पोख्रेल लगायतले सहकारीको वारेमा प्रकाश पार्नु भएको थियो । साधारण सभाले अध्यक्ष र लेखा समितीका प्रतिवेदन र कोषाध्यक्षको आयव्ययको वार्षिक प्रतिवेदन पारित गरेको थियो । समारोहमा विभिन्न विधामा उत्कृष्टता हासिल गरेकाहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : शनिबार, मंसिर ९ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij