काठमाण्डाै – दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ मा सहभागी प्रदर्शनकारी र प्रहरीबीच गाैशालामा झडप भएको छ ।
झडपका क्रममा प्रहरीले धर्मगुरु आचार्य श्रीनिवाससहितका केही व्यक्तिलाई पक्राउ गरेकाे जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलले जानकारी दिनुभयाे । ‘प्रहरीले धर्मगुरु आचार्य श्रीनिवाससहित अन्य केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।’
श्रीनिवास त्रिशूल लिएर सडकमा निस्केको र अराजक अभिव्यक्ति दिएको आरोप छ । प्रहरीले प्रदर्शनकारीकाे भिड नियन्त्रणका लागि गौशालामा चार सेल अश्रुग्यास प्रहार गरेको बताएको छ ।
यसअघि धरानमा भएकाे कार्यक्रममा खुकुरी बोकेर धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउनुका साथै हिंसा भड्काउने अभिव्यक्ति दिएको भन्दै गएकाे असाेजमा प्रहरीले श्रीनिवासलाई पक्राउ गरेको थियो ।
प्रकाशित मिति : सोमबार, मंसिर ११ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्