काठमाण्डाै – एसीसी १९ वर्षमुनिकाे एसिया कपका लागि नेपाली टाेलीकाे घाेषणा भएकाे छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज मङ्गलवार १४ सदस्यीय टाेलीकाे घाेषणा गरेकाे हाे ।
टाेलीकाे कप्तानी देव खनालले गर्नेछन् । टाेलीमा खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, हेमन्त धामी, गुल्शनकुमार झा, दिपेशप्रसाद कँडेल, विशाल विक्रम केसी, सुवाश भण्डारी, दीपक बाेहरा, उत्तम रङ्गु थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द छन् ।
१९ वर्षमुनिकाे एसिया कप डिसेम्बर ८ देखि डिसेम्बर १७ सम्म यूएईमा हुँदैछ । नेपाल समूह ‘ए’ मा परेकाे छ । याे समूहमा नेपालसहित भारत, पाकिस्तान र अफगानिस्तान रहेका छन् । नेपालले पहिलाे खेलमा पाकिस्तानसँग डिसेम्बर ८ मा खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा अफगानिस्तानसँग डिसेम्बर १० मा खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेलमा भारतसँग डिसेम्बर १२ मा खेल्नेछ ।
यसअघि मलेसियामा भएकाे एसीसी १९ वर्षमुनिकाे प्रिमियर कप क्रिकेट कपकाे उपाधि जित्दै नेपालले एसिया कपमा स्थान बनाएकाे थियाे । यस्तै यूएई उपविजेता र जापान तेस्राे स्थानमा रहँदै एसिया कपमा पुगेका हुन् ।
प्रकाशित मिति : मंगलबार, मंसिर १२ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्