कालीगण्डकी बचत तथा ऋण सहकारी संस्था को १३औं बार्षिक साधारण सभा आज सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष अर्जुन प्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रम तिलोत्तमा नगरपालिका वडा नं तीन का अध्यक्ष कल्याण प्रसाद पौडेल को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
तिलोत्तमा तीनमा रहेको बिग चियर होटल मा भयको कार्यक्रम मा तिलोत्तमा नगरपालिका का सहकारी शाखा प्रमुख गणेश पौडेलले नगरपालिका मा भयका सहकारी हरु धेरै जसो सुरक्षित रहेको जानकारी गराउनु भएको थियो। कार्यक्रममा संस्थाका सल्लाहाकार बाबुराम अधिकारी, बेल प्रसाद शर्मा , संस्थाका पूर्व अध्यक्ष यज्ञ प्रसाद सापकोटा ले सहकारी सस्थाले सहकारीको मर्म र भावना अनुसार काम गरेमा सहकारीमा जोखिम कम हुने बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष को प्रतिबेदनमा संस्थाका निति तथा कार्यक्रम माथि छलफल भयको थियो । सो अबसरमा संस्थाका कोषाध्यक्ष हरि प्रसाद बश्याल ले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन तथा लेखा समितिका संयोजक बलराम ढकालले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उपस्थित शेयर सदस्यहरुले छलफल गरी राय सहित अनुमोदन भयो ।
संस्थाका उपाध्यक्ष प्रभा भण्डारी घिमिरे को स्वागत तथा सचिव कल्पना शर्मा को संचालनमा कार्यक्रम सम्पन्न भएको हो।
प्रकाशित मिति : शनिबार, मंसिर २३ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्