बुटवल
बुटवलको निलकण्ठ बाबा धाम तथा सन्तोषीमाता गुरुकुल विद्याश्रममा ३ महिने शिवशक्ति,११ अतिरुद्री, अचुतचण्डी, राष्ट्रकल्याण महायाग हुने भएको छ ।
धार्मिक पर्यटकिय स्थलको रुपमा परिचित धाममा पुस १ देखि चैत ४ गतेसम्म चल्ने महायागको तयारी अन्तिम चरणमा पुगेको आयाेजकले जनाएका छन् ।
निलकण्ठ बाबा धाम तथा सन्तोषीमाता गुरुकुल विद्याश्रमले विहिबार पत्रकार सम्मेलन गरि महायागकाे तयारी बारे जानकारी गराएको हो ।
यो महायाग उति नै शक्तिशाली अनुष्ठान भएको धामका संरक्षणक तथा अध्यक्ष माता देवमाया भट्टराईले बताईन ।
पुस १ गते शोभा कलस यात्रा निकालिने छ । धाममा १३ औ पटक हुन लागेको महायागमा यज्ञआचार्य डा. राजेन्द्र रेग्मी र आचार्य हाकिम भण्डारी (वशिष्ट) लगायत १ सय २१ जना ब्राह्मणबाट ३ महिना अवधिभर नै बेदका रिचा, पुराणका उपासना मन्त्रजप गरिने उनले बताईन ।
कार्यक्रममा धामका उपाध्यक्ष चुडामणी पौडेलले बिस २०६१ सालमा शिलान्यास गरि मन्दिर संचालन भएको यो धाममा २०६४ सालदेखि संस्कृत भाषा संरक्षणका लागि गुरुकुल चलाएको बताए । गुरुकुल संचालन गर्न बुटवल उपमहानगरपालिकाबाट वार्षिक १० लाख रुपैया बजेट बिनियोजन गरिएको उनले बताए । गुरुकुलमा ६ देखि १२ कक्षासम्म पठनपाठन गराईन्छ । संस्कृत विश्वविद्यालयबाट उत्कृष्ट रहेको छ । गुरुकुलमा हाल ७५ जना छात्रहरु बसोबास गर्छन ।
महायाग सम्पन्न गर्न करीब ४ करोड रुपैया खर्च हुने अनुमान रहेको आर्थिक उपसमितिका संयोजक लेख बहादुर कार्कीले बताए ।
धाममा पुजापाठ, अनुष्ठान, गुरुकुलका साथै रमणीय स्थलका रुपमा चिनिदै आएको प्रचारप्रसार विभागका संयोजक गणेश पौडेलले बताए । महायाग सम्पन्न गर्न १९ वटा उपसमिति गठन गरिएको उनलेे जानकारी दिए ।
प्रकाशित मिति : बिहिबार, मंसिर २८ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्