भुकम्प प्रभावितका लागि साहारा बनेका रूपन्देहीका स्वयंसेवकहरू

भुकम्प प्रभावितका लागि साहारा बनेका रूपन्देहीका स्वयंसेवकहरू

तिलाेत्तमा -रूपन्देहीको तिलाेत्तमा २ का ईश्वर न्याैपाने कमान्डरकाे रूपमा भूकम्प प्रभावित क्षेत्र रूकुम पश्चिम पुग्दा भावविह्वल भए । जाजरकोटको रामिडाँडालाई केन्द्रबिन्दु बनाएर गत कार्तिक १७ गते शुक्रवार राति ११ बजेर ४७ मिनेटमा ६.४ म्याग्निट्यूडको भूकम्पले रूकुम पश्चिममा पनि क्षतविक्षत पारेकाे थियाे । उनीसँगै त्यहाँ गएका रूपन्देहीका २० जना स्वयंसेवककाे टाेलीकाे मन भत्किएका संरचनाजस्तै भत्किए । भक्कानाे फुटाएर चिथाेरिने जस्ताे कारूणिक दृश्यले मन उठाउनै नसक्ने गरि पुरिदियाे । तर याे सबै कुरालाई साहसले भित्रभित्रै थिचेर प्रभावितहरूकाे उद्दारतर्फ लागे । रूपन्देहीको टाेली त्यहाँ पुग्दा भुकम्प गएकाे २० दिन भएकाे थियाे । सयाैँ मानिस पुरिएका थिए भने हजाराै संरचनाहरू भत्किएका थिए । कसैले परिवार , कसैले अाफन्त अनि कसैले सपना गुमाएका थिए । चारैतिरबाट सहयाेगकाे लस्कर लागेपनि प्रभावितका लागि भने कथाजस्ता थिए त्यी कुरा । कति बेला राहतकाे महसुस हाेला भन्दै बचेकुचेकाे सपनाले गाेरेटाेमा हेरिरहेका थिए उनीहरूले । कमान्डर ईश्वरसँगै सह कमान्डर अजय राैनियारलगायत २० जना उनीहरू गत मंसिर ६ गते साे क्षेत्रमा पुगेका थिए । ५ गते रूपन्देहीबाट हिँडेकाे साे टाेलीमा राजकुमार पाैडेल , जगनाथ अधिकारी , प्रकाश गैरे , भाेज बहादुर सुनार ,भरत पुन , गिरिराज न्याैपानेसहित २० जनाकाे टिम सहभागी थियाे । रुपन्देहीकाे टाेलीलाई हाैसला प्रदान गर्न नेकपा एमाले केन्द्रीय पाेलिटब्युराे सदस्य दधिराम न्याैपाने , रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र केसी , जिल्ला सचिव यज्ञ गैरे , सह-सचिव हितराज पन्थीलगायतकाे टाेली रुकुम पश्चिम पुगेकाे थियाे । साे टाेलीले रुपन्देहीका स्वयंसेवक टाेलीले गरेकाे कामकाे अवलाेकन गरी त्यहाँका स्थानीयसँग अन्तरकृया तथा संवादसमेत गरेका थिए । नेकपा एमाले लुम्बिनी प्रदेश विपद व्यवस्थापन इन्चार्ज किरण नेपालले लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका स्वयंसेवककाे सहजीकरण गर्ने अवसर पाएका थिए ।

गत कार्तिक १७ गते गएकाे भुकम्पले त्यहाँ मानवीय र भाैतिक क्षतिले सबैलाई क्षतविक्षत पारेको थियाे । भूकम्प प्रभावित क्षेत्र रूकुम पश्चिममा खटिएको नेकपा एमाले रूपन्देहीको स्वयंसेवक टाेली १५ दिनसम्म त्यहाँ रहेर सेवा गरेका हुन् । रूपन्देहीका २० जना स्वयंसेवक टाेली प्रभावित क्षेत्रमा भत्किएका संरचना हटाउन र अस्थायी अावास निर्माणका लागि गत मंसिर ६ गते साे ठाउँमा पुगेकाे थियाे । साे टाेलीले २४ वटा अस्थायी घरटहरा निर्माण गरेकाे जनाएको छ । त्यसैगरी जाजरकोटकाे भेरी त्रिवेणी माविकाे ३ काेठे भवनकाे पूर्ण सरसफाइ गरेकाे जनाएको हाे । रूपन्देही स्वयंसेवककाे कमान्डर तिलाेत्तमा नगरपालिका वाड नम्बर २ का ईश्वर न्याैपानेले विशेष गरि रूकुम पश्चिम अाठबिसकाेट नगरपालिकामा खटिएकाे बताए । त्यहाँ एउटा विद्यालयकाे निर्माण गरेकाे कमान्डर न्याैपानेले बताए । साथै साे टाेलीले १२ वटा भग्नावशेषकाे पूर्ण सरसफाइ गरेकाे जनाएकाे छ । टाेलीले प्रभावित क्षेत्रका भग्नावशेषबाट भाडाकुँडा , लत्ताकपडा , खाद्यान्नलगायतका सामग्रीसमेत निकालेकाे सह कमान्डर देवदहका अजय राैनियारले बताए । नेकपा एमाले लुम्बिनी प्रदेशबाट भने २०५ जना स्वयंसेवक खटिएकाे थियाे । नेकपा एमालेकाे निर्देशनअनुसार प्रभावित क्षेत्रमा १५ दिन खटिएर विभिन्न काम र प्रभावितका लागि सेवा गरि साे टाेली फर्किएको हाे । जाजरकोट र रूकुम पश्चिममा गरि हालसम्म १५७ बढीकाे मृत्यु भएकाे र कम्तीमा ३७५ घाइते भएकाे तथ्यांक छ ।

प्रकाशित मिति : मंगलबार, पुष ३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij