काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । दिउँसो तीन बजे उहाँले सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम छ।
प्रधानमन्त्रीमा नियुक्त भएको एकवर्ष पुगेको अवसरमा उहाँले राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको हो । उहाँ गएको वर्ष पुस १० मा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । लगत्तै उहाँले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
सरकारले बितेको एक वर्षमा गरेका काम र प्रयासबारे जानकारी दिन प्रधानमन्त्ती प्रचण्डले सम्बोधन गर्न लाग्नुभएको प्रधानमन्त्री प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।
प्रकाशित मिति : मंगलबार, पुष १० २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्