तिलाेत्तमा १ मा समुदाय स्तरमा बाल समूह पुनर्गठन

तिलाेत्तमा १ मा समुदाय स्तरमा बाल समूह पुनर्गठन

तिलोत्तमा -रूपन्देहीको तिलाेत्तमा नगरपालिका १ मा समुदाय स्तरमा बाल समूह पुनर्गठन गरिएकाे छ । मंगलबार वाड नम्बर १ का अध्यक्ष फर्सुराम गिरीकाे प्रमुख अातिथ्यतामा छ वटा बाल समूह पुनर्गठन गरिएकाे हाे । वाड नम्बर १ मा रहेका १९ वटा टाेल विकास संस्था मध्यबाट छ वटा बाल समूह पुनर्गठन भएकाे हाे । जसमध्ये बुद्ध टाेल विकास संस्था , वाटिका टाेल र चपरहट्टी टाेल विकास संस्थाबाट बुद्ध वाटिका बाल समूहकाे पुनर्गठन गरिएकाे वाड सदस्य मिलन रानाले जानकारी दिए । त्यस्तै सरस्वती टाेल , अमूल्य नगर र न्यु लाइट टाेलबाट चन्द्र सूर्य बाल समूह पुनर्गठन गरिएकाे सदस्य गितादेवी न्याैपानेले बताइन् । त्यसैगरी
प्रगति टाेल , देवीस्थान कालिका र कालिका टाेलबाट सुनाैलाे बाल समूह पुनर्गठन भएकाे छ ।
देवीस्थान , सुवर्णभूमि , मिलन टाेल , प्यारामाउण्ट टाेलबाट सगरमाथा बाल समूहकाे पुनर्गठन गरिएको सदस्य हिरा देवी बिकले जानकारी दिइन् । उता
शंकरनगर , कपिल र नमुना टाेलबाट नमस्ते बाल समूह
शान्ति मार्ग , नवदुर्गा , शिवचाेक र प्रेमनगरबाट शिवालय बाल समूहकाे पुनर्गठन गरिएको अर्का सदस्य विष्णुप्रसाद पाण्डेले बताए । वाडमा रहेका तिनअाेटा टाेल विकास संस्थाबाट एक बाल समूह पुनर्गठन गरिएकाे हाे ।
कार्यक्रममा बाेल्दै वाड नम्बर १ का फर्सुराम गिरीले बालबालिकाकाे हक अधिकार र कर्तव्यलाई बुझाउँदै विद्यालयस्तर र समुदायस्तरका सबै बाल समूहलाई उदाहरणीय बनाउने प्रतिवद्धता व्यक्त गरे । भविष्यका कर्णधार बालबालिकालाई हरेक समय उचित वातावरण उपलब्ध गराउनु हामी सबैकाे दायित्व भएकाे बताए । बालमैत्री सहजकर्ता रमा थापाले कार्यक्रममा सहजीकरण गरेकी थिइन् ।

प्रकाशित मिति : बिहिबार, पुष १२ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij